प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌काे आकस्मिक बैठक

काठमाडौं,

मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ७ बजेदेखि बैठक बसिरहेको हो ।सोमबार दिउँसो चारबजे मन्त्रीपरिषदको बैठक बसेको थियो । त्यसपछि राष्ट्रपति भवन शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले पुनः मंगलबार बिहानका लागि बैठक बोलाएका हुन् ।

मन्त्रीहरुलाई बिहानको खानको व्यवस्था बालुवाटारमै गरिएको जनाइएको छ । आजको बैठकले सोमबार प्रवेश गराइएका विषयमा छलफल गर्ने र निर्णय लिने एक मन्त्रीले जानकारी दिए। केही समयदेखि सरकारका कदमहरु लगातार विवादित बन्दै गएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको बुझिएको छ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।