बनेपामा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने विज्ञान शिक्षक पक्राउ

बनेपा । बनेपामा सिरिन्ज आक्रमण गर्दै गर्दा एक युवक रंगेहात पक्राउ परेका छन् । बनेपाको चारदोबाटोमा युवतीमाथि सिरिन्ज हान्दै गर्दा स्याङ्गजा वालिङ्गका शिक्षक खगेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको हो । सरस्वती माध्यमिक विद्यालय स्याङ्गजा वालिङ्गका शिक्षक पाठक काभे नमोबुद्ध नगरपालिका भकुन्डेका स्थायी बासिन्दा हुन् ।उक्त सरकारी स्कुलका विज्ञान विषयका शिक्षक रहेका पाठकलाई स्थानियहरुले आक्रोशित हुँदै कुटपिट समेत गरेका थिए । त्यसक्रममा उनलाई कुटपिट गर्न खोजेपछि प्रहरीले उद्दार गरेर तीन दोबाटोस्थित चौकीमा लगेको छ भने पीडित महिलालाई उपचारका लागि शिर मेमोरियल अस्पताल पुर्‍याइएको छ । पक्राउ परेका व्यक्तिले आफूले सिरिन्ज आक्रमण गरेको स्वीकारेका छैनन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।