मलामी आउँदा सडक दस्तुर तिर्न नपरोस् सरकार ! : कृष्णभक्त पोखरेल

काठमाडौँ : चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोखरेलले गोन्द्राङको ढाट लोथरमा स्थान्तरण गर्न माग गर्नु भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पोखरलले चितवनको जनताले आफ्नै जिल्लामा हिड्दा कर तिर्नुपर्ने बाध्यत्मक अवस्था बनेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।पोखरले आफ्नै जिल्लाको सदारमुकाम, अस्पताल र मलामी आउदाँ समेत व्यक्तिले गाडी रोकी सडक दस्तुुर तिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
राजमार्गमा सवारी साधन रोकी दस्तुर उठाउने काम हरेक दृष्टिकोणले राम्रो नहुने भन्दै उहाँले अन्य वैकल्पिक विधिबाट कर उठाउने प्रबन्ध मिलाउन सरकारसँग जोडदार माग गर्नुभयो ।
चितवनको सदारमुकाम भरतपुर १२ गोन्द्रङमा सडक दस्तुर उठाउन राखिएको ढाटको विषयमा जिल्लाको सर्वपक्षिय छलफलले केन्द्रीय सरकारसँग लबिङ गर्ने निर्णय गरेको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।