भक्तपुर,
भक्तपुरको चाँगुनारायण ७ बाँसबारीमा आइतबार भएको महिला हत्या घटनामा उनकै छोरी संलग्न रहेको खुलेको छ । सिन्धुपाल्चोक ५ स्थायी घर भएकी ६१ वर्षीया सावित्री भट्टराईको आइतबार घाँटी रेटी हत्या भएको थियो।प्रहरीले हत्यामा संलग्न मृतककी छोरी २७ वर्षकी इश्वरी भट्टराई, इश्वरीकी प्रेमी २३ वर्षीय मोहम्मद नौसाद, भारतीय नागरिकहरु अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रहिसलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार मृतककी छोरी इश्वरी र सिरहाको विष्णुपुर १ का मोहम्मद नौसादबीच प्रेम सम्बन्ध थियो । उक्त कुरा आमा सावित्रीलाई थाहा थियो । यसले गर्दा आफ्नो प्रेमसम्बन्धबारे बाहिर कुरा आउछ भनेर छोरी इश्वरीले प्रेमी नौसादसँग मिलेर आमालाई मार्न १२ लाखको सुपारी दिन सहमत भइन्। उनीहरुले भारतीय नागरिक भोलाकुमारसँग सल्लाह गरेर मोहम्मद रहिसलाई नेपाल बोलाई हत्या गराएका थिए।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु सार्वजनिक गरेको र अभियुक्तमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।