प्रेमगीत ३’ को नायिकामा कृष्टिना गुरुङ छानिइन्

१५ असार  काठमाडौं ।

सन्तोष सेनले निर्माण-निर्देशन गर्न लागेको नेपाली चलचित्र प्रेम गीत ३ का लागि नायिका छनोट गरिएको छ। नायक प्रदीप खड्काको अपोजिटमा दर्शकले कृष्टिना गुरूङलाई देख्ने भएका छन्। प्रेम गीतका लागि खुला आवेदन माग गरिएको थियो। जसमा २७१४ जनाले आवेदन दिएका थिए। तिनै प्रतिस्पर्धीबाट सुरुमा २५ छानिएकामा कृष्टिनालाई फाइनल गरिएको सेनले जानकारी दिए। ‘प्रेमगीत ३’ लाई छेतेन गुरुङ र निर्माता सन्तोष सेनले संयुक्त निर्देशन गर्दैछन्। छेतेन र मन्दीप गौतमले फिल्मको कथा लेखेका हुन् । ‘प्रेमगीत ३’ पहिलो र दोश्रो संस्करणभन्दा ठुलो बजेटमा बन्दैछ। जसमा प्रदीप खड्का, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा र अनुभव रेग्मीसहितको अभिनय रहनेछ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।