सांसद शान्ता चौधरीले एसईईमा ल्याईन् ‘बी’ ग्रेड

असार १२

काठमाडौँ — सांसद शान्ता चौधरीले एसईईमा ‘बी’ ग्रेड हासिल गरेकी छिन् ।  ‘मैले मिहिनेत गरेअनुसार बी प्लसको अपेक्षा राखेको थिएँ । संघर्षबाट प्राप्त नतिजा जेजस्तो आएको छ, स्वीकार्य छ । यसले मलाई उच्च शिक्षा हासिल गर्ने ढोका खोलिदिएको छ ।’आदिवासी थारु समुदायमा जन्मे, हुर्केर कम्लहरी जीवन व्यतित गर्दा शिक्षाको उज्यालोबाट बन्चित हुनुपरेको पीडा बिर्सनै नसिकिने रहेको उनी सुनाउँछिन् । मुक्त कम्लहरीको नेतृत्व लिएर राजनीतिकमा सक्रिय उनी संविधान सभामा सभासद् भइन् । त्यसपछि हाल प्रतिनिधिसभाकी सांसद छिन् । ‘यो एसईई नतिजाले उत्साहित छु,’ उनले भनिन्, ‘मेरो रोजाइको विषय कानुन र विज्ञान हो । कुन पढ्ने भन्नेबारे निर्णयमा पुगिसकेकी छैन । जुनसुकै विषय पढे पनि सरकारी कलेजमा पढ्छु ।’

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।