एसईईको नतिजा सार्बजनिक करिश्माले ल्याईन् ‘बी प्लस’

काठमाण्डौ ।

एसईई परिक्षाको नतिजा बिहिबार सार्बजनिक भएको छ । सार्बजनिक नतिजामा अभिनेत्री  करिश्मा मानन्धरले  ‘बी प्लस’ ग्रेड ल्याएकी छिन् ।  करिश्माले जीपीए ३ प्राप्त गरेकी हुन् । अभिनेत्री मानन्धरले एसईई परीक्षाको रिजल्टबाट आफू निकै खुशी भएको प्रतिकृया दिएकी छिन् । उनले अब व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन् ।‘मैले ढिलो पुगेर सोसलमा २ वटा प्रश्नको उत्तर लेख्न पाएको थिइनँ’, उनले भनिन्, ‘मैले सुरुमा अप्सनल म्याथ लिएर पढेकी थिएँ । तर, पछि छाडेर पपुलेशन पढेँ ।’ करिश्माले अगाडि भनिन्, ‘मैले पपुलेशन जाँचको एकदिन अगाडि मात्र पढेको थिएँ । फेरि त्यो दिन म चाँडै नै निस्किएँ । म त्यसमा चुकेको थिएँ ।’ यदी पढ्न पाएको भए अझै राम्रो आउन सक्ने उनले संचार माध्यममा प्रतिकृया दिएकी छिन् ।

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।