काठमाण्डौ ।नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह अहिले रेस्टमा छिन् । चलचित्र मारुनी र रातो टिका निधारमाको छायांकन सकेपछि उनले केही समयको लागि ब्रेक लिएकी छिन् । रेस्ट मा रहेकी साम्राज्ञीले स्वीमिङ पुलमा लिएको केही फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जहाँ उनलाई निकै बिन्दास र हट देखिएको छ ।
साम्राज्ञी सामाजिक सन्जालमा धेरै एक्टिभ छिन् । उनी आफ्नो हरेक गतिबिधी इन्स्टामा सेयर गर्छिन् र आफ्नो फ्यान सँग आफुलाई के गरेको सुहाँउछ भनी जिज्ञासा पनि राख्ने गर्छिन । कहिले मेकअप नगर्दा कस्ती देखिन्छु त कहिले कपाललाई अब के गरुँ जस्ता प्रश्न उनी आफ्ना इन्स्टा फलोअर्सलाई सोध्ने गर्छिन् । साम्राज्ञीको इन्स्टामा फलोअर्स पनि धेरै छन् ।
अहिले उनले स्विमिङ पुलमा आफ्नो परिवार सँग खिचेको फोटो सेयर गरेकी छिन् जस्मा उनलाई बिकिनीमा देखिएको छ । पहेलो बिकिनीमा निकै हट देखिएकी साम्राज्ञी आफ्नो परिवार सँग रमाइरहेको देख्न सकिन्छ । उनको चलचित्र मारुनी भाद्र १३ गते बाट रिलिजमा आउँदैछ भने रातो टिका निधारमा दसैंमा रिलिज हुँदैछ ।