निशा र पार्वतीको विकिनी तस्वीर भयो भाईरल !

काठमाडौं । नायिका निशा सुनार र मोडल पार्वती राईको विकिनी तस्वीर सामाजिक सञ्जालमा भाईरल भएको छ । अमेरिकाको न्यूयोर्कमा रहेको स्पा क्यासलमा खिचिएको उनीहरुको तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल भएको हो ।नायिका सुनार र मोडल राई लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । उनीहरु अमेरिकी ग्रीन कार्ड होल्डर पनि हुन् । उनीहरु समय समयमा नेपाल आवतजावत गर्छन् । यतिबेला दुवै जना विकिनी तस्वीरले चर्चामा आएका छन् ।

उनीहरु चर्चामा आउनुको कारण कुनै चलचित्र वा गीतले होईन् । हालै सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरका कारण चर्चामा आएका हुन् । उनीहरु दुवै जना बिकिनी अवतारमा देखिएकी छन् । दुवै जनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा बिकिनी पोज सार्वजनिक गरेका छन् ।पार्वती राईले आफ्नो इन्स्टाग्राममार्फत बिकिनी तस्वीर सार्वजनिक गरेकी हुन् । नेपाल टेलिभिजनबाट आयोजित छमछमीबाट नृत्य क्षेत्रमा उदाएकी पार्वतीले अहिलेसम्म धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छन् । हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई लोकदोहोरी क्वीन भन्दै आएका छन् । राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।