एक अर्कासँग किन तर्किए आयुष्मान र प्रियंका ?

काठमाण्डौ ।

प्रेमदिवस फिल्म शुक्रवारदेखि रिलिज भयो । यो फिल्ममा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा छन् । फिल्मको बीग मुभिज काठमाण्डौमा प्रिमियर भयो । प्रिमियरमा आयुष्मान र प्रियंका पुगे । तर, उनीहरु एक अर्कासँग तर्किए ।अरु समयमा आयुष्मानलाई नछाड्ने प्रियंका फिल्मको प्रिमियरमा भने उनीसँग नजिक भइनन् । प्रियंकाले संचारमाध्यमसँग फोटो खिचाउँदा सुरुमा आयुष्मानलाई वास्ता गरिनन् । फिल्म हेरिरहँदा पनि आयुष्मान र प्रियंका एकैसाथ बसेका थिएनन् । उनीहरुको बसाइमा दुरी देखियो ।
सुत्र टि.भीका भिडियोहरु पनि हेर्नुस

अभिनेता आयुष्मान र अभिनेत्री प्रियंकाले इन्गेजमेन्ट गरिसकेका छन् । उनीहरुले बिहे असारमा गर्ने बताएका थिए । तर, फिल्मको प्रिमियरमा भने उनीहरुको प्रेम नजिक देखिएन । आयुष्मान र प्रियंका नजिक हूँदा संचारमाध्यममा प्रेमको खबर मात्र आउला भनेर डराएका पनि हुनसक्छन् । तर, उनीहरुले एक अर्कासँग नजिक हुन नखोज्नुको कारण अरु के होला र ?

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।