डान्सबारको चरम लुट ४ वटा वियरको २ लाख ५० हजारको बिल

काठमाण्डौ ।

राजधानीका अधिकांश डान्सवारहरुले मानिसहरुलाई चर्काेरुपमा ठग्दै आएको गुनासो नौलो होईन । बिदेशबाट फर्किएका वा अन्य व्यक्तिहरुलाई यस्ता डान्सबारहरुले अरु त पर जावोस चिसो पिएको समेत हजारौँदेखि लाखौँको बिल थमाउने गरेको सत्यता विभिन्न मिडियाहरुमा सार्वजनिक भईसकेको कुरा हो । यस्तै डान्सबारबाट बंगलादेशका नागरिक पनि ठगिएका छन् । जेठ २७ गते राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबार पुगेका ३ जना बंगलादेशीलाई ठगेको आरोपमा बार संचालकलाई प्रक्राउ गरिएको छ ।

प्रक्राउ पर्नेहरुमा किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामा रहेका छन् । करिब एक घण्टा डान्सबारमा बस्दा ४ वटा वियर र स्न्याक्स खाँदा २ लाख ५० हजारको बिल थमाइदिएपछि उनीहरुको सातो नै गयो । जब उनीहरुले यत्रो बिल कसरी आयो भनेर संचालकलाई प्रश्न गरे उल्टै उनीहरुको नगद र मोबाईलसमेत खोसेर राखेपछि उनीहरु प्रहरी गुहार्न पुगेका थिए । उनीहरुले उजुरीपछि प्रहरीले बार संचालकलाई प्रक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेका संचालकहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।