विश्वका धनी खेलाडीको सूची,सय नम्बरमा कोहली पहिलो स्थानमा

काठमाडौं । भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली संसारकै सर्वाधिक कमाई गर्ने खेलाडीको सूचीमा सामेल भएका भारतका एकमात्र खेलाडी हुन् ।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको धेरै आम्दानी गर्ने खेलाडीहरुको सूचीमा उनको नाम सयौं स्थानमा छ । गतवर्षभन्दा कोहलीले १७ स्थान तल झरेका हुन् । सूचीको पहिलो स्थाननमा अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सी पहिलो स्थानमा छन् ।अमेरिकी पत्रिका फोर्ब्सले जारी गरेको सूची अनुसार विराट कोहलीले यो वर्ष ५० लाख डलर कमाई गर्दै सूचीको १ सयौं स्थानमा छन् । अघिल्लो वर्ष कोहलीले २ करोड ५० लाख डलर कमाई गर्दै ८३औं स्थानमा थिए । मेस्सी विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । उनले यसभन्दा अघिको सबैभन्दा बढी कमाई गर्ने रेस्लर फ्लायड मेवेदरलाई शीर्ष स्थानबाट हटाउँदै पहिलो स्थानमा पुग्न सफल भएका हुन् ।

उनको वार्षिक कमाई १२ करोड ७० लाख डलर छ । मेस्सी पछि पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धेरै कमाई गर्ने खेलाडी हुन् । उनको वार्षिक कमाई १० करोड ९० लाख डलर रहेको फोर्ब्सको सूचीमा उल्लेख छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।