नयाँ कमेडी रियालिटि शो होस्ट गर्दै रिमा

काठमाडौँ । चर्चीत मोडल तथा नायिका रिमा विश्वकर्माले एक नयाँ नेपाली रियालिटि सो ‘कमेडी च्याम्पियन’मा होस्ट गर्ने भएकी छिन् । पछिल्लो समय नेपालमा एक पछि अर्को नयाँ रियालिटि सो हरू उत्पादन भइरहेका छन् । नेपालमा पछिल्लो समय नेपाल आइडल, द भ्वाइस अफ नेपाल, को बन्छ करोडपति, मुन्द्रेको कमेडी क्लब, रोडिज जस्ता रियालिटि सो हरू प्रसारण हुँदै आएका छन् । उक्त शो हरू बाट दर्शकहरूले मनोरञ्जन लिने गरेका छन् ।पछिल्लो समय महानायक राजेश हमालले सञ्चालन गर्दै आएको ‘को बन्छ करोडपति’ दर्शकहरूले निकै मन पराएका थिए । यस्तै मुन्द्रेको कमेडी क्लब, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता सोहरू दर्शकहरूले मन पराएका छन् । यस्तै फेरी नयाँ रियालिटि सो ‘कमेडी च्याम्पियन’ थपिने भएको छ । उक्त सो मा पछिल्लो समय चर्चामा आएकी अभिनेत्री रिमा विश्वकर्माले होस्ट गर्ने छिन् । धेरै नै म्युजिक भिडियो र चलचित्रमा समेत अभिनय गरेकी नायिका रिमा विश्वकर्मा नेपाल आइडलबाट पनि निकै चर्चामा आइन् ।

एपी वान् टेलिभिजन मार्फत प्रसारण भएको नेपाल आइडल देश विदेशका धेरै दर्शकले मन पराए । यसैक्रममा नेपाल आइडल सिजन १ र द भ्वाइस अफ नेपाल सिजन १ मा चिफ असिस्टेन्ट डिरेक्टर रहेका विशाल भण्डारीले नयाँ रियालिटी सो कमेडी च्याम्पियन ल्याउने भएका छन् ।उक्त शोमा रिमा विश्वकर्माले होस्ट गर्ने बताइएको छ । अब भने यी दुईले कमेडी जनरामा काम गर्ने भएका छन् । पछिल्लो समय नायिका रिमा विश्वकर्मा एक नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् ।

उनी नायक भुवन केसीको राष्ट्रियताको कथामा निर्माण भइरहेको चलचित्र ‘मिस्टर नेपाली’मा अभिनय गर्ने भएकी छिन् । तर रिमाले हाल सम्म आधिकारिक रूपमा आफूले कमेडी च्याम्पियनको स्ट गर्ने विषयमा भने कुनै प्रतिक्रिया दिएकी छैनन् ।

जाम्न माया जाम’मा पुष्प सँग अभिनेत्री साम्राज्ञीको ठुम्का
चलचित्र ‘मारुनी’ भदौ १३ गते बाट रिलिज हुन लागेको छ । यसै चलचित्रमा समावेश रहेको गायक दीपक बज्राचार्यको स्वरमा रहेको ‘जाम्न माया जाम’ बोलको गीत मङ्गलवार सार्वजनिक हुँदैछ ।उक्त गीतलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेका छन् । चलचित्र मारुनी लाइ नवल नेपालले निर्देशन गरेका छन् । चलचित्रले फस्ट लुक बाटै प्रशंसा पाइरहेको छ । निर्देशक नवल नेपालले यो चलचित्रले हेरेपछी दर्शकहरूको मुटु छुने बताउँछन् ।गायक बज्राचार्यको सङ्गीत र स्वरमा समावेश चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीतको रेकर्डिङ काठमाडौँको कृपा डिजिटल स्टुडियोमा गरिएको हो । केही समय पहिले चर्चामा आएको ‘मन मगन’ गीतपछि दीपकको क्रेज फेरि एक पटक माथि आएको छ । गायक दीपक बज्राचार्यले ‘जाम्न माया जाम’ बोलको गीतले फेरी एक पटक दर्शक नचाउने बताउँछन् ।यो गीतमा रिक्की शाक्यको शब्द, फिरोज बज्रचार्यको मिक्सिङ र मोहित मुनालको एरेन्जमेन्ट रहेको छ ।गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काले नृत्य गरेका छन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् । निर्मात्री पूनम गौतम गीत सार्वजनिक भएसँगै दर्शकको उत्साह चलचित्रप्रति अझै बढ्ने बताउँछिन् । यो गीत हिट भएको खन्डमा चलचित्रको ब्यापारलाई पनि राम्रो फाईदा हुनेछ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।