भुवनसँग रिमाको रोमान्स,कस्तो खिचडी पाक्दैछ ?

काठमाण्डौ ,

२०११ सालमा स्वर फिल्मबाट डेब्यु गरेकि रिमा विश्वकर्मा नेपालका सदावहर नायक एवं सफल निर्माता भुवन केसीसँग नयाँ फिल्म ‘मिस्टर नेपाल’ मा रोमान्स गर्दैछिन् । हालै सार्वजनिक भएको एक तस्बिरमा रिमा र भुवन विवाह गर्दै छन् । नेपाली टेलिभिजनको इतिहासमै लोकप्रिय रियालिटी शो नेपाल आईडलको प्रस्तोता रिमाले झण्डै आधा दर्जन बढि फिल्ममा नायिकाको भुमिका निभाइसकेकि छिन् । उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकि छिन् ।उनले अन्जु पन्तको गित मलै भुल्नमा लेजबियनका रुपमा प्रस्तुत भएपछि निकै चर्चा पाइन् । चरित्रमा डुबेर अभिनय गर्ने नायिकाको रुपमा रीमा नेपाली रजपटमा चिनिन्छन् । उनले बेनिशा हमालसँग निकैनै उत्तेजित भिडियोमा अभिनय गरेकि थिइन् । लेजबियनको कथा रहेको उक्त गीतमा रीमाको प्रस्तुतिले चर्चा पाएको थियो ।

पूर्व संचारकर्मी समेत रहेकि रिमा नेपाली चलचित्र क्षेत्रमा चर्चा कमाएकि अभिनेत्रि हुन् । मोडलिङ क्षेत्रमा पनि नाम कमाउन सफल रिमाले दर्जनौँै म्युजिक भिडियोमा अभिनय गरेकि थिइन् । बर्दियाको गुलरियामा जन्मीएकि रिमाले सात कक्षामा पढ्दै गर्दा नै उनले जाँदा जाँदै नेपाली टेलीशृंखला सन्चालन गरेकी थिइन् ।उनी सेतो रंग मनपराउँछिन् भने मनपर्ने पहिरनमा उनी साडी रोज्छिन् । पार्टीकालागि भने उनी गाउन लगाउन रुचाउँछिन् । सपिङमा भने उनी सौख राख्छिन् । आफ्नो मुस्कान आफैँलाई मनपर्ने बताउने रिमाले फोन, मेकअप किड, पेन, हेडफोन र एटिएम कार्ड व्यागमा बोक्ने बताउँछिन् । उनी ग्याजेटमा खासै रुचि राख्दिनन् । बरु मेकअप सामानमा बढी खर्च गर्ने उनी बताउँछिन् ।

पत्रकारीता क्षेत्रबाट आएकि रिमा बोल्न कहिले पनि नथाक्ने बताउँछिन् । उनी उपनायसहरु पढ्न निक्कै रुचाउछिन् । उनले लेखक बाज्रिलियन पाउल कोल्होको उपनायस नियमित जसो पढिरहने बताए । उनी कृष्ण धारवासी र सश्लीमा नश्रीनको उपनायस पढ्न पनि रुचाउछिन् । जापानीज लेख हारुकि मोराकोनो उनलाई मनपर्ने लेखक हुन् । समयले मागेको प्राथमिकताका कारण मान्छेहरु विदेशिने गरेको उनी बताउँछिन् । उनी बिदाको समयमा विदेश घुम्न रुचाउछिन् ।उनी कार्यक्रमहरुपनि निकै व्यस्त छिन् । थोरै फिल्ममा मात्र देखिएकि रिमा आफूलाई अफरहरु आएको तर स्विकार गर्न अप्ठ्यारो भएका कारण फिल्महरुमा धेरै नदेखिएको बताउँछिन् । उनले आफूले फिल्म धेरै नखेल्नुका कारण आफूलाई कस्तो रुपमा दर्शकले हेर्न चाहेका छन् भनेर मनस्थिती बुझेका कारण फिल्म छान्न कञ्जुस्याँई गरेको बताइन् । कार्यक्रमहरुमा व्यस्त देखिने नायिका रिमा हालै नेपाल आइडलको प्रस्तोताका रुपमा चर्चित भएकि छिन् । आफ्नो कामलाई लिएर गम्भिर रहेका कारणपनि अभिनयलाई नै प्राथमिकता दिने रिमा बताउँछिन् ।

चलचित्रकै अध्ययन गरेर भविष्यमा चलचित्र बनाउने काममा लाग्ने उनले बताएकि छिन् । थोरै फिल्म आएपनि मिडियामा भने रिमा छाहिरहिन्छन् । उनी सिधा र प्रष्ट वक्ता हुन् । उनले करिअरको शुरुवात भने मिडियाबाटनै गरेकि हुन् । उनी टेलिभिजनमा बाल कलाकारका रुपमा पाइला टेकिन् । उनले अनलाईन पोर्टलमा रिपोर्टरका रुपमा पनि काम गरिन् ।

प्रोग्राम होस्टका रुपमा टेलिभिजन क्षेत्रमा प्रवेश गरेकि रिमाले निर्देशक, निर्माता, गायकको अन्तवार्ता लिदाँ लिदै कृष केसीले अफर गरेपछि म्युजिक भिडियोमा अभिनय गर्दै कला क्षेत्रमा प्रवेश गरेकि थिइन् । गायकले मोडल बन्ने अफर स्विकारेपछि उनको पहिलो म्युजिक भिडियोनै चर्चित बन्यो । वर्षात बोलको गितमा उनले अभिनय शुरु गरेकि हुन् । उनको दोश्रो म्युजिक भिडियो प्रशन्न पौडेलद्धार निर्देशित म्युजिक भिडियो कुन रंगको कमि हो । उक्त गितले पनि निकै चर्चा पाएको थियो । त्यसैगरि, तेश्रो गित मेरो दिल छ पोखरामा उनले अभिनय गरिन् । उक्त गितबाट पनि उनले निकै चर्चा पाइन् । उनले ५० भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकि छिन् । उनको मनपर्ने म्युजिक भिडियो भने आलोक नेम्वाङद्धारा निर्देशित बसन्त चाधरीको ‘अनली लभ’ एल्बममा रहेको ‘छाएछ बसन्त’ गीत जस्मा भारतिय गायिका श्रेया घोसालले स्वर दिएकि थिइन् । यस गीतले पनि उनलाई कलाकारीता क्षेत्रमा टर्निङ पोइन्ट हासिल गरेके बताइन् ।

उनलाई समन अधिकारीद्धारा निर्देशित अन्जु पन्तको स्वरमा रहेको ‘यो माया भन्ने चिज’ बोलको गीत अर्को आफूलाई मनपरेको आफ्नै म्युजिक भिडियो रहेको सम्झिन्छन् ।
उनलाई वधशाला र झगडा आफूलाई मन नपेर्ने बताउँछिन् । उनले भनन् मान्छेले जनावरको हत्या गरिरहेका देख्दा वद्यशाला मन नपर्ने बताइन् । उनले रगतको भेल, छताछुल्ला मासु र मारिन आँछेका र मारिसकेका पशु देख्दा आफूलाई नरमाइलो लाग्ने बताइन् । उनी भेज भएका कारण पनि वद्यशाला मन नपर्ने ठाउँ बताइन् । उनले झगडाको बारेमा भने आफू करातेको खेलाडी भएर पनि झगडा मन नपर्ने बताइन् । उनी झगडा भएको ठाउँबाट टाढै बस्न रुचाउँछिन् । उनले भनिन्, ‘मान्छे ठूलो आवाजले बोल्छन्, कसैलाई पिटछन् । यो मलाई मन पर्दैन ।’ठूलो आवाजले बोलेको सुन्दा र कसैलाई पिटिरहेको, कसैले पिटाइ खाइरहेको हेर्दा मननै दुखित हुने बताउँछिन् । उनी सकेसम्म समस्याको वैचारिक समाधान खोज्नेतर्फ सोच्छिन् । उनलाई झगडा गर्न मन लाग्दैन तर उनी यो बानी आफ्नो कमजोरी भन्दा पनि स्वभाव रहेको स्विकार्छिन् । तर, अवस्थाले मागेमा झगडाको विकल्पनै नभए आफू त्यो रिसको अवतारमा पनि आउन नसक्ने उनी बताउँछिन् । उनले भनिन्, ‘तर यस्तो अवस्था आउँदैन होला ।’

उनी खाने कुरामा भने खासै वास्ता गर्दिनन् । त्यसैले उनलाई सबै परिकार मन पर्छ । उनी खानेसवालमा त्यति चुजि छैनन् । उनले ठट्यौली शैलिमा भनिन् ‘कुनै ठाउँमा भ्यागुता पनि खान्छन् रे, त्यो चाहिँ म खाना सक्दिन ।’ उनले कसैले झुक्काएर ख्वाए अलग कुरा हो नत्र भ्यागुता नखाने उनले बताइन् । उनले भ्यागुता सम्झै आफूलाई आङ सिरिङ हुने बताइन् । उनले हास्दै भनिन्, ‘झुक्काएर कसैले ख्वाउने प्रयास गरेको पनि सम्झिन चाहन्न ।’उनी आफ्नो दुस्मनी र साथीका बारेमा दस्मनी मान्छेकालागि नबनेको बताइन् । उनलाई दुस्मनी मनपर्ने र त्यो मान्छेकालागि भन्दा पनि अरु कसैलाई बनेको हुँदा कसैले दुस्मनी लिनु नहुने बताउँछिन् । आफूले लामो समयसम्म कसैसँग दुस्मनी नगरेको उनले बताइन् । उनी दुस्मनी भएपनि चाँढै सहज भइहाल्छिन् । उनले यो कुरालाई आफ्नो कमजोरी भउको पनि स्विकारीन् । उनले आफ्नो यो कमजोरीका कारण केहि मान्छेलाई फाइदा उठाउन पो खोजेको हो कि जस्तो उनलाई लाग्छ । जिन्दगीमा यस्ता कुराहरु आउँछन्, जान्छन् त्यो सामान्य रहेको उनी बताउँछिन् । त्यसैले उनलाई दुस्मनी गर्ने मन पर्दैन । उनीमा कुनै इख छैन । अरुलाई नमिठो गराउन पनि उनी चाहदिनन् । ‘सम्बन्ध बिग्रेको मान्छे मेरो अगाढी आएर बस्दा म उस्लाई नराम्रो फिल गराउँदिन्, ममा इगो छैन ।’ उनले बताइन् ।

नायिका रिमाले नेपाली चलचित्र क्षेत्रबाट थुप्रै उपनाम पाएकि छिन् । उनलाई कसैले नायिका बब्ली भन्छन् त कसैले उनको सुन्दरतालाई स्वर्गकी अप्सरासँग तुलना गर्छन् । उनी महत्वकांक्षी छिन् । उनले आफैँले महत्वकांक्षी रहेको स्विकारीन् । रिमाले जिन्दगी दुख र संघर्षको पर्यायवाचि रहेको बताइन् । सानैदेखि सबै कुरामा अब्बल रिमाले सानो उमेरमै नेपाल टेलिभिजनमा काम गर्ने मौका पाएकि थिइन् । उनले बाल्यकाल देखिनै कलालाई मजबुत बनाउँदै अघि बढ्ने अवसर पाएकि थिइन् ।उनको ६ कक्षाबाट हिड्दाहिड्दै कार्यक्रमलाई कलाकारीताको क्षेत्रमा रफ्तार पक्डिन सफल बनाएको छ । उनले सानैदेखि मिडियामा देखिने सोच बनाएकि थिइन् । उनले यहि सोचलाई निरन्तरता दिर्दै मास कम्युनिकेसनमा स्नातक गरिन् । उनले समाचार वाचिकाका रुपमा पनि केही समय नेसनल टेलिभिजनमा कार्यरत भइन् । उनलाई ग्यामर संसारमा स्थापित गराउन सफल म्युजिक भिडियो साथ दिन्छुले टेवा पुर्याएको थियो । उनको शुरुवातनै कडा भएपछि फर्किएर पछाडी हेर्नुपर्ने दिन भने आएन । लगातार म्युजिक भिडियोमा अफर र कार्यक्रमको निम्तोले उनलाई सधैँ व्यस्त नै बनाइरहेको छ । उनले विज्ञापनमा पनि छाहिरहन्छिन् । रिमा विभिन्न ब्रान्डका विज्ञापनमा समेत छाएकी छिन् ।देशप्रति चिन्तित यी नायिका राजनीतिमा चासो राख्दै भन्छिन्, ‘हरेकले देशप्रति चिन्ता र चासो राख्नुपर्छ। राजनीति फोहोरी खेल हो भनेर पन्छिन मिल्दैन।’ नेपालको प्रकृति एवं संस्कृतिप्रति अगाध माया भएकी रिमालाई दसैं र तिहार निकै मन पर्ने पर्व हुन्। उनका मन पर्ने केहि कुरा मन पर्ने पहिरन : क्याजुअल वेयर, नायिका नभएकी भए : विजनेस वुमन, भुल्न नसकेको क्षण : पहिलो चलचित्र पर्दामा हेर्दाको क्षण, घुम्न : पेरिस। फेसन आइकन ः सारा जेसिका, सोनम कपूर, माल्भिका सुब्बा, फेब्रेट ब्रान्ड : लोरियल, खेल : फुटबल, पत्रिका : नारी, वेभ, नव्यता,कलाकार : राजेश हमाल, आर्यन सिग्देल, तृप्ति नाडकर, संगीत : बाँच्न र हाँस्न चाहिने अस्त्र, प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ, तस्बिर : महेश प्रधान, पहिरन : राजेश धाख्वा, आरडी चाहत, दरबारमार्ग, गहना : गीताञ्जली ज्वेलर्स, दरवार मार्ग, मेकअप : रोशना महाजु, ग्ल्यामर ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर, ज्ञानेश्वर ।
अभिनयमा प्रखर देखिएकि रिमा र सदावहार नायक भुवन केसीको नयाँ फिल्म मिस्टर नेपालले सफलता पाओस्, शुभकामना !

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।