नेपाल आएकी भारतीय गायिका नेहा कक्कडका ७ तस्विर

एजेन्सी ।बलिउडकी चर्चित गायिका नेहा कक्करले शनिबार नेपालमा आफनो सांगेतिक प्रस्तुती दिएकी थिईन् । ठमेलको एल ओ डी लर्ड अफ डिस्कोमा साँझ भएको कार्यक्रममा नेहाको प्रस्तुती हेर्नको लागि नै कयौँ नेपाली फ्यानहरुको उपस्थिती रहेको थियो । पारामाउन्ट इन्टरटेनमेन्टको आयोजनामा भएको उक्त कार्यक्रम भने बिवादमा आएको छ । कार्यक्रममा क्षमता भन्दा बढी टिकट बिक्री गरेसंगै कार्यक्रम बिवादमा आएको हो । ठाँउ नै नभएपछि कयौँ दर्शकहरु बाहिर बसेका थिए ।त्यसपछि आक्रोसि भएका दर्शकहरु गुनासो लिएर प्रहरी सम्म पुगे । उनीहरुको गुनासोसंगै प्रहरीले आयोजक संस्थाका ३ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा दिपक घिमिरे, रविन श्रेष्ठ र भुपेन कुँवर रहेका छन् । पीडितले टिकट बराबरको रकम फिर्ता मागेका छन् । सो हुन नसकेमा आयोजक संस्था माथि मुलुकी अपराध संहिताको ठगी कसुर अन्तर्गत कारवाही हुनेछ ।

प्रक्राउ परेसंगै दिपक घिमिरे रकम फिर्ता गर्ने प्रतिबद्धता पनि जनाएका छन् । यसअघि पनि उनी आयोजना गरिएको कार्यक्रमकै कारण बिवादमा पर्दै आएका व्यक्ति हुन् । आफुलाई पुर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाका ज्वाई बताउदै आएका उनले यस अघि समेत सौन्दर्य प्रतियोगितामा बिजयी बनाउछु भन्दै ठगेको आरोप समेत लागेको छ ।ब्रेकअप पिडाबाट थिग्रिदै नेहा कक्कर
बलिउड प्लेब्याक सिङ्गर नेहा कक्कर अभिनेता हिमांश कोहलीसँगको ब्रेकअप पिडाबाट थिग्रिने प्रयासमा छिन् । हिमांशसँगको चार बर्षे लामो प्रेम सम्वन्ध केहि समय अगाडी टुटेको थियो ।

यी सबैका बाबजुत पनि उनी सांगीतीक कार्यक्रमहरुमा देखिएकी थिईन् । तर हालै उनले आफ्नो ईस्टाग्राम पोष्टमा आफु डिप्रेसनले ग्रस्त भएको खुलाएकी छिन् । र धन्यवाद पनि दिएकी छिन् आफ्ना वारेमा नकारात्मक विषयहरु निकाल्नेहरुलाई र सफल भएको वधाई पनि दिएकी छिन् । दिलबर दिलबर , लन्डन ठुमक्दा , काला चस्मा लगायतका सुपरहिट गितहरुवाट हिट गायिका पनि डिप्रेसनको शिकार भएकी हुन् ।
त्यसपश्चात नेहा निक्कै पिडामा थिइन् । कतिले उनि डिप्रेसनमा पनि जान सक्ने अनुमान गरेका थिए । तर, समय परिवर्तन भएसँगै नेहा पनि बदलिन थालेकी छन् । सामाजिक संजालमा उनले शेयर गर्ने तस्विर र क्याप्सनले पिडाबाट थिग्रिने कोशिसमा रहेको संकेत गर्छन ।भर्खरै शेयर गरेको पुरानो तस्विरमा उनले लेखेकी छन् ‘महिलामा पनि फरक निखार आउँछ, जब उसलाई सहि ट्रिट रा प्रेम गरिन्छ ।’नेहाले हिमांशसँग केहि म्युजिक भिडियोमा अभिनय पनि गरेकी छन् । जब हिमांशसँगको प्रेमले मिडियामा स्थान पाउन लाग्यो, तब नेहाले ‘इण्डियन आइडल’को मंचबाटै हाँसी(खुसि प्रेम स्वीकारेकी थिइन् । तर, नेहालाई के थाहा ४ वर्ष पछि विछोडको घडी पनि आउनेछ ।अर्को तस्विरमा उनि लेख्छिन ‘यदि तपाई कसैलाई विना मुस्कानको देख्नु हुन्छ, आफ्नो मुस्कान उसलाई दिनुस ।’ नेहाले एक अन्तर्वार्ताका क्रममा हिमांशलाई नचिन्ने समेत बताइसकेकी छन ।उनि अब हिमांशको बारेमा कुरा गर्न चाहना राख्दिनन् । एक अन्तरवार्तामा उनले भनिन् ‘को हिमांश ? तपाई कस्को कुरा गर्दै हुनुहुन्छ ? म कोहि हिमांश नामको मान्छेलाई चिन्दिन ।नेहा अहिले गायकी करिअरको स्वर्णिम घडीमा छिन् । वर्तमान समयमा बलिउडका सर्वाधिक गीत उनैले गाइरहेकी छन् ।भरतीय चर्चित गायिका नेहा कक्कर यतिवेला डिप्रेसनको शिकार भएकी छिन् । पछिल्लो समय उनको जिवनमा घटेका घटनाहरुका कारण सफल गायिका कक्कर डिप्रेसनमा गएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । हालसालै उनको नायक हिमांश कोहलीसंग ब्रेकअप भएको थियो ।उनीहरुले सार्वजनिक रुपमै आफ्नो सम्वन्धलाई आधिकारिकता दिएका थिए । उनीहरु चाँडै बैवाहिक सम्वन्धमा वाँधीने कुराहरु पनि वाहिर आएको थियो । तर अचानक उनीहरुको ब्रेकअपका समाचारहरु वाहिरीएको थियो । ईन्डीयन आईडलको १० औं सिजनकी जज पनि रहेकी नेहा कार्यक्रमको सेटमा नै भावुक भएको सार्वजनिक भएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।