सारेगामापा विजेता आयुष केसी लाई बाजागाजा सहित नेपालमा भव्य स्वागत

काठमाण्डौ ।

भारतीय रियालिटि सो ‘सारेगमप लिटिल च्याम्पमा’ उत्कृष्ट नतिजा सहित चौथो जित हासिल गरेका आयुष केसी नेपाल फर्किएका छन् । उनलाई एयरपोर्टमै भव्य स्वागत गरिएको छ । ‘सारेगमप’मा फाइनलमा पुगेका दुई नेपाली बाल गायक तेस्रो र चौथो भएका थिए । जर्ज, दर्शक र भारतीय चर्चित गायक गायिकाहरूको मन जित्दै उनीहरू टप ६ मा पुगेका थिए । आइतबार साँझ नेपाली समय ८ः१५ बजे बाट जी टिभीमा सुरु भएको सारेगमप लिटिल च्याम्पको फाइनलमा प्रतिस्पर्धा गरेका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका हुन्। फाइनलमा प्रतिमले दिएको प्रस्तुतिले दर्शकलाई झुमाउन सफल बनेका थिए भने जज हरू मन्त्र मुग्ध बने, अतिथि गेस्ट शाहिद कपुरले तारिफको पुल बाधेका थिए ।

कडा प्रतिस्पर्धाबिच फाइनलमा पुगेका प्रितम र आयुषको स्वरको जादुले नेपाली दर्शकको मन छोएको थियो । २०७३ को सुरशाला जुनियर आइडलमा विजेता बनेका आयुष र फर्स्ट रनर अप बनेका प्रितम दुवैले सारेगममा आफ्नो र देशको नाम राख्न सफल भए । सानै बाट गीतासङितमा रुचि राख्ने उनीहरू नै विजेता बन्ने धेरैको अडकल थियो । मुम्बईबाट आज नेपाल फर्केका आयुशलाई बिमान्स्थलमै उनका साथी र गुरुबर्ग सहित शुभचिन्तकले भव्य स्वागत गरेका थिए ।रुपालाई राती राती केटाहरूको नचाहिँदो फोन आए पछि भावुक बने कृष्ण ओली 

काठमाडौँ,

आज भन्दा ठ्याक्कै १ वर्ष पहिले विद्युतीय काम गर्दा करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका रुकुमका कृष्ण ओली र र रूपा ओली दुवै जना फेरी चिन्तीत भएका छन् । कृष्णकी श्रीमती रुपालाई रातीराती नचाहिँदो नम्बर बाट फोन आउने भएका कारण चिन्तित बनेका हुन् । रूपा ओली सामाजिक सञ्जालमा सक्रिय रहेकी छिन् । रुपालाई सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जमा केही फटाहा मानिसहरूले अनावश्यक फोन गरी दुख दिने गरेका छन् ।

जसका कारण दुवै जना एकदमै चिन्तित रहेका छन् । हुन त रूपा एकदमै राम्री पनि छिन् । राम्री केटीलाई जसले पनि मन पराउने गर्छ । तर एक विवाह बन्धनमा बाँधिएकी नारी र कृष्णलाई परेको त्यो दुखमा कुनै किसिमको माया ममता, साथ र हौसलाको कुनै कमीकम्जोरी हुन दिइनन् रूपाले । एक नारी भएर पनि उनी कति बेलै हरेस खाइनन् । यो युगको मुनामदनको रूपमा चिनिन्छ कृष्ण रूपा जोडिलाई ।

तर रुपालाई अनावश्यक रूपमा विभिन्न प्रकारका असभ्य शब्दहरू प्रयोग गरी दुख दिन डिस्टर्भ गर्नु भनेको पक्कै पनि राम्रो कुरा होइन । त्यति मात्र नभएर रुपालाई केही फटाहा व्यक्तिहरूले असभ्य शब्दहरूको प्रयोग गरेर म्यासेज पनि पठाएका रहेछन् । फोन गर्दा रुपाले उठाउँदा बोल्ने र कृष्णले उठाउँदा काट्ने केही व्यक्तिले गरेका रहेछन् । कृष्ण यो कुरालाई लिएर केही भावुक भएका छन् र उनले त्यस्तो नराम्रो काम नगरिदिन पनि सबैलाई आग्रह गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।