एजेन्सी :
बलियुड मा बादसाह मानिने शाहरुख खान उनकी छोरी सुहाना खान उनि बि टाउनको चर्चित स्टार किंग मध्येका एक हुन् । सामाजिक संजाल हरुमा उनको तस्बिर र भिडियो आउने बित्तिकै चर्चाको बिषय नै बन्ने गर्दछ । केहि दिन अगाडी सुहाना लाई पारम्परिक पहिरनमा बिवाह को क्रममा देखिएको थियो भने हालै एक पार्टीमा डान्स गरिरहेको भिडियो को बारेमा निकै चर्चा भैरहेको छ । यो भिडियो मा सुहाना खान लाई निकै स्टाइलिश देखिएता पनि उनलाई सामाजिक संजाल हरुमा प्रयोगकर्ता हरु ले सुहाना लाई ट्रोल गर्न सुरु गरेका छन् ।
भिडियोमा सुहानालाई वन–शोल्डर सिल्भर सर्ट मेटालिक ड्रेसमा नाचिरहेको देख्न सकिन्छ । यसमा सानो थाई–हाई स्लिट दिइएको छ । स्मोकी आइजसँग सुहानाको यो लुक निकै ग्ल्यामरस देखिएको छ ।बलिउडमा इन्ट्रि गर्नु अघि नै सुहानाको स्टाइललाई कुनै डिभाको रुपमा लिइन्छ । केही प्रयोगकर्तालाई सुहानाको यो लुक निकै ट्रेन्डी लागिरहेको छ भने कतिले उनको अत्यधिक आलोचना पनि गरेका छन् । एक प्रयोगकर्ताले उनको पहिरनमा कमेन्ट गर्दै उनले सधैं अश्लील कपडा नै लगाउने आरोप लगाए ।
यस्तै, अर्काले शाहरुखले छोरीलाई राम्रो संस्कार नदिएको पनि भन्न भ्याए ।यद्यपि, कति प्रयोगकर्ता सुहानाको समर्थनमा पनि आए । एक प्रयोगकर्ताले लेखेका छन्, ‘सुहाना एक १८ वर्षकी युवती हुन् जो मस्ती गरिरहेकी छिन् । उनी शाहरुखकी छोरी हुन्, त्यसैले मानिसहरु कुरा गरिरहेका छन् ।’स्मरण रहोस्, सुहाना अभिनयमा प्रवेश गर्न आतुर छिन् तर शाहरुख छोरीले पढाई पूरा गरोस् भन्ने चाहन्छन् । सुहानाकी मिल्ने साथी अनन्या पाण्डेले हालै बलिउडमा डेब्यू गरिसकेकी छिन् ।