नवलपरासीमा रिमा र भुवन केसी बिहे गर्दै

काठमाण्डौ ।
एक जमानाका सुपर स्टार भुवन केसी आज पनि चल्तीका नायक हरुभन्दा कुनै कुराले कम देखिँदैनन् । उनको व्यक्तित्व, अनुहारको ताजापन अनि दर्शकलाई तान्न सक्ने व्यवहार उनका सबल पक्ष हुन् । उनै भुवन केसी अहिले यतिबेलाकी चर्चामा छाएकी नायिका रिमा विश्वकर्मासँग स्क्रीन सेयर गर्दै छन् ।यतिबेला, नवलपरासीमा छायांकन भैरहेको चलचित्र ‘मिस्टर नेपाली’मा नायक भूवन केसी र नायिका रीमा विश्वकर्माको बिवाहको दृष्य खिचिरहेका छन् । दुलाहा दुलहिको पहिरनमा सजिएर अग्नी अगाडी बस्दा यि दुईलाई साँच्चैका नवबैवाहिक जोडी जस्तै देखिएको छ ।

चलचित्रको पर्दामा धेरै पटक बिहे गरिसकेका यि जोडिले रियल लाईफमा पनि विवाह त गरिसकेका छन् तर दुबैको वैवाहिक जिवन त्यती सुखद भने रहन सकेन । चलचित्रमा दोहोरो भूमिका निभाएका भुवन यसरी रिमासँग लगन गाँठो कसिरहेको देख्दा दर्शकमा कौतुहलता जाग्ने भएको छ । देव नारायण भुषालको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रेमराज दाहालको लगानी रहेको छ

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।