राजतन्त्र चाहियो भन्नेहरु मुर्ख हुन्:ओली

काठमाडौँ ,

प्रधनमन्त्री केपी शर्मा ओलीले देशमा राजतन्त्रको खाँचो छ भन्नेहरुलाई मुर्खता नदेखाउन आग्रह गरेका छन् । शुक्रबार भक्तपुरमा आयोजित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले २ सय ४० वर्ष शासन गरेर मुलुकलाई अन्धकारको युगमा धकेल्ने, गरिव बनाउने राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई मुर्खको संज्ञा दिएका हुन् ।ओलीले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपालाई तथाकथित क्रान्तिको नाममा हिंसा भड्काउने प्रयास नगर्न चेतावनी दिँदै देश र जनतालाई माया गरेर इमान्दारिताका साथ राष्ट्र निर्माणको अभियानमा सहभागी हुन आग्रह गरेका थिए ।

सरकार शान्ति, सुरक्षा, सुशासन र विकासको काममा लागि परेको प्रधानमन्त्री ओलीको भनाई थियो । उनले देशलाई प्रतिगमनतर्फ लैजाने चेष्टा नगर्न पनि सम्बन्धित पक्षलाई सचेत गराएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।