बहराइनमा ‘गलबन्दी’,एउटै गीतले चम्कायो साधारण युबतीलाई

काठमाडौँ २४ जेठ, । मोलड अञ्जली अधिकारी पछिल्लो समय ‘गलबन्दी’ गीत सार्वजनिक भयसँगै चर्चामा रहेकी छिन् । उनी म्युजिक भिडियो देखी देश विदेशको कार्यक्रममा पनि निकै व्यस्त रहेकी छिन् ।यो गीत बाट नै उनी चर्मा रहेकी हुन् । यस अघी उनलाई मोडलका रुपमा कमैले मात्र चिन्दथे होला सायद तर,एउटै गीतले उनलाई देश बिदेशमा चिनाएको छ । पहिले उनि साधारण युबती रहे पनि अहिले कलाकार बनेकी छिन् । नेपाली क्लब बहराईनले आयोजना गरेको “नेपाली साङ्गीतिक साँझ- २०१९” को लागि नेपाल देखी राष्ट्रिय स्तरका बहुचर्चित कलाकारहरू गायिका अन्जु पन्त, मोडेल अञ्जली अधिकारी, दोहोरी गायक प्रसाद खप्तरि मगर बहराइन पुगेका थिए । कार्यक्रमको दौरानमा बहराइन पुगेकी अञ्जली अधिकारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा केही तस्बिरहरू पोस्ट गरेकी छिन् ।

गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी‘ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ। तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको । गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् ।सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ ।टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ। यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो ।पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन। सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ। गायक प्रकाश सपुत ले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् ।यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ ।भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् । उनको हुलिया हेर्दा यस अघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ । लगातार एक पछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्‍याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।