रबि लामिछानेलाई मुकुन्देको यस्तो ब्यङग्य

काठमाण्डौ ।

ईतिहास, समकालिन र भविष्यका बिषयवस्तुहरु बारेमा खरो टिप्पणी गर्दै सधै चर्चामा रहिरहने मुकुन्दल्याण्डका परिकल्पनाकार मुकुन्द घिमिरे उर्फ मुकुन्देले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरुमा भाईरल बनिरहेको ईटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरीको बिषयमा टिप्पणी गरेका छन् ।मुकुन्देले मेयर चौधरी सफल मेयर भएकाले उनलाई नजिस्काउन भनेका हुन् । सामाजिक सञ्जाल फेसबु्क स्टाटसमार्फत मुकुन्देले मेयर चौधरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग समेत तुलना गरेका छन् भने साथै मुकुन्देले मेयरलाई जिस्काउनेलाई तत्काल कारवाहीको पनि माग गरेका छन् ।

नमुना उपमहानगर इटहरीका सफल मेयर द्वारिकालाल चौधरी साहेबलाई घरीघरी जिस्काइरहनेहरुलाई कारबाही गर, आदिवासी थारुहरुले पहाडको भाषा मिलाएर बोल्न नसक्नु स्वभाविक नै हो, दार्शनिक मुकुन्देले लेखेका छन्, वहाँको ठाडो प्रस्तुतिलाई मिडिया मार्फत बजारमा बेचेर गुजारा चलाउने दरिद्र मानसिकताका पत्रकारहरुलाई तत्काल अरब पठाईदेऊ ।मुकुन्देको फेसबुक स्टाटसले भने पत्रकार रबि लामिछानेलाई सङकेत गरेको देखिन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।