के रंगशाला बन्दैन अब’धुर्मुस–सुन्तलीले रुँदै माफी माग्दै

चितवन,
चितवनको भरतपुरमा बन्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विवाद बढेपछि धुर्मुस सुन्तली फाउण्डेशनले माफी मागेको छन् ।विवादका बेला आफ्ना अभिव्यक्तिले कसैको मन दुखेको माफ गरिदिन आग्रह गरिएको छ । साथै उनीहरुले अनुकूल वातावरण नबनेको भन्दै काम समेत रोकेका छन् ।रंगशालाको दक्षिणतर्फ पर्ने बाटो चौंडा गर्ने विषयलाई लिएर केही स्थानीयले रंगशालाको जस्तापाताको बार भत्काइदिएका थिए । त्यसपछि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्यो ।

घटनापछि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तली काठमाडौंबाट चितवन पुगिन् । त्यसपछि उनले पत्रकारमाझ घटनामा संलग्नलाई ‘देशद्रोही’, ‘अपराधी’ को संज्ञा दिइन् ।

विवाद सुल्झाउनतर्फ नलागि बाटोको मुद्दा उठाउनेलाई देशद्रोही भनेको भन्दै केहीले सुन्तलीको आलोचना गरे । यस प्रकरणमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’का बक्तत्वबाजी पनि ‘इमोस्नल ब्लाकमेलिङ’ जस्तो भएको स्थानीयको भनाइ छ ।

‘हामीलाई जबर्जस्त अपराधीकरण गर्न खोजिएको छ, हामी पनि चाहन्छौं रंगशाला बनोस् भनेर तर, बाटोको समस्या पनि समाधान गरौं’, एक स्थानीयले भने ।

घटनामा पक्राउ परेका स्थानीयलाई रिहाइ र बाटोको समस्या हल गर्न माग गर्दै प्रभावित स्थानीयले भरतपुर महानगरपालिका वडा नम्बर १६ को कार्यालय परिसरमा धर्ना शुरु गरेका छन् ।

त्यसपछि फाउण्डेशन अपिल जारी गरी अनुकूल वातावरण बनाइदिन आग्रह गर्दै काम रोकेको छ । धुर्मुस र सुन्तली काठमाडौं फर्किएका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।