प्रचारको नयाँ हत्काण्ड !च्याम्पियन्स लिगको फाइनलमा लुगा फालेर मैदानमा

  एजेन्सी

एजेन्सी ।

आईतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो । करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन ।सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए । एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् रु किन उनले त्यसो गरिन रु अन्तराष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

किन्सी वलान्स्की नामकी ती महिला ख्ष्तबथि ग्लअभलकयचभम नामको पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।