अष्ट्रेलियाको चिसोमा खुलेकी वर्षा

सिड्नी ।

जेठ ३ गतेबाट हल रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ । ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको उलेख्य बसाइ रहेको अष्ट्रेलियाका मुख्य सहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शन भइरहेको छ ।‘अष्ट्रेलियाका मुख्य सहरमा अहिलेसम्म करिब दुई दर्जन शो प्रदर्शन भइसकेको छ,” जात्रै जात्रा निर्देशक प्रदीप भट्टराई भन्छन्, ‘अहिले पनि प्रदर्शन भइरहेको छ । नेपाली रहेका सहरमा अझै पनि प्रदर्शन हुनेछ ।”

चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलियामा छन् । विदेशमा नेपालीको जनसंख्या धेरै रहेका ठाउँमा हलका केही शो भाडामा लिएर नेपाली चलचित्र देखाउने गरिएको छ ।‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।