काठमाण्डौ ।
अभिनेत्री अदिति बुढाथोकीले चलचित्र ‘कृ’ बाट नेपाली चलचित्र नगरीमा पाइला टेकिन् । अभिनेता अनमोल केसीसँग स्क्रिन सेयर गरेर उनी चर्चामा आइन् ।तर,सो पछि आजका दिन सम्म उनको केहि काम सार्बजनिक हुन सकेका छैनन् । यद्दपी सामाजिक संजाल ईन्स्टामा भने उनि निकै सक्रिय छिन् । ईन्स्टा पल पलको तस्बिर अपडेट हुने गरेका छन् । यसै कारण पनि उनलाई अहिले ईन्स्टामा सिमित भनेर भन्ने गरिएको छ ।
भारतीय मोडलिङ क्षेत्रबाट चलचित्रमा उदाएकी अदिति नेपाली चलचित्र उद्योगमा आसलाग्दो अभिनेत्रीमा परे पनि उनको काम आउन नसक्नुले उनलाई पछाडी धकेलेको छ । उनले बलिउडका केही छोटा चलचित्र र म्युजिक भिडियोमा समेत काम गरेकी छिन् ।
उनी फेसबुक र इस्टग्राममा आकर्षक फोटो पोस्ट गरिरहेकी हुन्छिन् । हालै उनले इन्स्टाग्राममा सेयर गरेको बिकिनी तस्बिर यतिबेला चर्चामा छ ।