काठमाण्डौ ।
बलिउड नगरीमा कुनै बेलामा राज गर्न सफल अभिनेता बलिउड अभिनेता अजय देवगनका पिता अर्थात चर्चित अभिनेता, निर्देशक विरु देवगनको निधन भएको छ । ह्रदयघातका कारण सोमबार उनको निधन भएको हो । पर्दामा सबैलाई हँसाउने देबगन आज सबैभन्दा धेरै रोएका छन् । यसैबिच अजयका पितालाई अन्तिम श्रदन्जली दिनको लागी बलिउडका कलाकार,निर्देशक,निर्माता तथा उनका शुभचिन्तकहरु उपस्थित भएका थिए । साहरुख खान, एश्वर्या राय बच्चन, अभिसेक बच्चन, सन्नी देवल, सन्जय दत्त लगायत अन्तिम श्रदान्जली अर्पण गर्न र सोक सन्तप्त परिवारमा समबेदना व्यक्त गर्न जय निवास पुगेका थिए ।
प्राप्त खबरका अनुसार विरु खाना खाँदै गर्दा अचानक लडेका थिए तत्काल काजोल (बुहारी) ले उनलाई अस्पताल लिएर त गईन तर बचाउन सकिनन् । त्यती बेला जय चलचित्र ‘में तानाजी’ को सुटिङ्गमा व्यस्त थिए ।