काठमाडाैँ, १२ जेठ । काठमाडौँको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीका अनुसार बुढानिलकण्ठ नगरपालिका ४ सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट भएको हो ।
घाइते ५ जनाको ओम अस्पतालमा उपचार हुँदैछ भने एक जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये दुईको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रकाश थापाले विस्फोट भएको जानकारी आएको बताउँदै प्रहरी टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको बताए ।
यसैगरी केहीबेरअघि अनामनगरमा पनि ग्यास विस्फोट भएको खबर आएको जानकारी दिएको छ । तर, यसको पुष्टि भने भइसकेको छैन ।