काठमाण्डौ ।
एभीन्युज टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ‘सकस राजनीति बहस’ यतिबेला बिवाद र चर्चा दुबैमा आएको छ । कार्यक्रममा अतिथी हुन पुगेका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले प्रश्नको जवाफ दिने क्रममा कार्यक्रम प्रस्तोताले सोधेको प्रश्नबारे चित्त नबुझेपछि उनी कार्यक्रमै छोडेर हिडेका छन् ।
कार्यक्रम प्रस्तोता सुशील पाण्डेले सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भई बनेको समाजवादी पार्टीले जनतालाई के दिन्छ भन्ने प्रश्नमा उपप्रधानमन्त्री भड्किएका थिए । उनले यो प्रश्न सुन्ने बित्तिकै कार्यक्रम प्रस्तोतालाई प्रश्न सोध्ने ढंग नभएको भन्दै रिसाएका थिए । उनले प्रश्न सोध्ने शैली र ढंग नै नभएको भन्दै कार्यक्रम नै छोडेर हिडेका थिए ।
प्रस्तोताले सोधेको उक्त प्रश्न कसैलाई अपमानित गर्ने किसिमको पनि थिएन , तुच्छ प्रहार गरेको पनि थिएन तर उपप्रधानमन्त्रीको रिसको पारो चढ्यो अनि प्रश्नको जवाफै दिन नसकेपछि कार्यक्रम छोडेर हिडे । यता उपप्रधानमन्त्रीले प्रश्न सोध्ने ढंग नभएको भनेपछि प्रस्तोता पनि खरो भए उनले पनि ‘प्रश्न सोध्न ढंगा नसिकाउनुस्’ भनेर प्रतिवाद गरेका थिए ।
उपप्रधानमन्त्रीले अन्तरवार्ता बन्द गर्नुस भनेपछि प्रस्तोताले ‘तपाई जान सक्नु हुन्छ’ भन्छन् । त्यसपछि उपप्रधानमन्त्री यादव र कार्यक्रम प्रस्तोता पाण्डेबीच यति तनाव बढ्छ कि उपप्रधानमन्त्रीले माईक नै फालेर उठेर स्टुडियो बाहिरिन्छन् । अहिले सो भिडियो बारे चौतर्फी रुपमा ब्यापक आलोचना र खण्डन समेत भईरहेको छ ।
सो अन्तर्बाताको बिषयलाई लिएर केहिले पत्रकारलाई जायज भनेका छन् भने केहिले उपप्रधानमन्त्री जस्तो सम्मानित ब्यक्तिलाई पत्रकारले अपमान गरेको लगायतका प्रतिकृया दिईरहेका छन् ।
केहि दिन अघि मात्रै पत्रकार ऋषि धमलाको एक अन्तर्बातामा भने नेपाली कांग्रेस र नेकपाका नेता बिच बिबाद थियो । दुई नेता बिचको बिबादलाई भने धमलाले बस्नुस् बस्नुस् भन्दै सम्झाउदै अन्तर्बाता गरेका थिए ।
भिडियो हेर्नुहोस्:








