श्यामसुन्दर गिरी, ११ मे सिड्नी ।मिस नेपाल वर्ल्ड २०१९ सिड्नी बस्दै आएकी अनुष्का श्रेष्ठले जितेकी छिन् । उनी अन्तिम प्रतिस्पर्धामा अन्य २४ प्रतियोगीलाई उछिन्दै बिजेता बनेकी हुन् । मिस नेपालको २५ औ संस्करणमा मिस नेपाल बन्ने अबसर प्राप्त गरेकी अनुष्कालाई सौन्दर्य प्रतियोगीतामा बिजेताका रुपमा जन्म गराएको अष्ट्रेलियाको ‘युनाईटेड नेप्लिज आर्टस् एण्ड ईन्टरटेन्मेन्ट’ले प्रेस रिलिज जारी गर्दै बधाई तथा शुभकामना दिएको छ ।केहि बर्ष अघि देखी सिड्नीको ग्रानभिल बस्दै आएकी अनुष्का एसियुको ईन्टरनेश्नल स्टुडेन्ट समेत हुन् । नेपाल बस्दै देखी सौन्दर्य प्रतियोगीता प्रति झुकाब राख्ने गरेकी अनुष्का अष्ट्रेलिया भित्रिएसंगै अष्ट्रेलियामा हरेक दुई बर्षमा आयोजना हुने मिष्टर एण्ड मिस ओसिनियामा सहभागीता जनाएकी थिईन् । जुन अबसर उनका लागि मिस नेपाल वर्ल्डको उपाधि जित्ने हतियार बन्यो ।
मिस नेपाल वर्ल्ड बिजेता अनुष्कालाई युएनएईका अध्यक्ष भुमा लिम्बुले प्रेस रिलिज जारी गर्दै बधाई तथा शुभकामना दिएकी हुन् । पहिलो पटक मिस नेपाल ओसिनियाबाट मिस नेपालमा सिधा सहभागीता जनाउदै गर्दा युएईएले प्राप्त गरेको सफलताले मिस नेपाल ओसिनिया प्रति सुन्दरीहरुको सहभागीता र चाँसो आगामी दिने बढ्ने निश्चित देखिन्छ ।
मिस नेपालको पोजिसनलाई विश्वभरले हेर्ने गर्दछ । सौन्दर्य शास्त्रमा कुनै पनि देशको राष्ट्रिय सौन्दर्य प्रतियोगीताले विश्वमाझ परिचित बनाउदछ । अनुष्काको सफलतामा अष्ट्रेलियाका नेपाली समुदायले समेत गर्व गर्न सक्ने प्रसस्त बाटाहरु देखिन्छन् ।अनुष्काले सिन्धुपाल्चोकका ग्रामिण भेगका बिध्यालयमा अनलाईन शिक्षा प्रणालीका बिषयमा योजना अघि सार्ने नेपाली टिभि संग बताएकी छिन् । उनले यहि डिसेम्बर ७ मा थाईल्याण्डमा मिस वर्ल्डको ७९ औ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन् ।