५० औँ वर्षगाँठ प्रचण्ड र सीताको पुन:बिबाह

काठमाडौँ– पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पत्नी सीता दाहालले बैबाहिक जीवनको ५० औ बर्ष गाँठको अबसर पारेर बिहिबार केहि समय अघि पुनः विवाह गरेका छन् ।प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । एक मात्र पुत्र प्रकाश दाहालको निधन भएपछि आमा सीताको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, स्थायी कमिटीका अधिकांश नेताहरु, केन्द्रीय समितिका सदस्यहरु, पार्टी कार्यकर्ता र प्रचण्डका नातेदार लगायतको सहभागिता रहेको थियो ।विवाह समारोहमा महिलाहरुले पञ्चैबाजा बजाएका थिए । प्रधानमन्त्री ओली भने बिदेश भ्रमणमा रहेका छन् ।

तस्विर:रातोपाटी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।