मिस नेपालको फिनाले आज हुदै,सिड्नीकीको अनुष्काको सम्भावना कति ?

९ मे  सिड्नी ।

मिस नेपाल २०१९ को आज फिनाले हुदैछ । अन्तिम प्रतिस्पर्धाका लागि २५ सुन्दरी छनौटमा छन् । सयौ सहभागीहरुबाट बिभिन्न चरण हुदै अन्तिम प्रतिस्पर्धाका लागि २५ प्रतियोगीहरु आईपुगेका हुन् । जस्मा सिड्नी बस्दै आएकी मिस नेपाल ओसिनिया २०१८ की बिजेता अनुस्का श्रेष्ठ समेत सहभागी छिन् । मिस नेपाल ओसिनियाको बिजेताले पहिलो पटक मिस नेपालमा सिधा सहभागीता जनाउन पाएको यो पहिलो पटक हो । अनुष्का बिजेताका लागि मुख्य दाबेदारका रुपमा खडा हुदै आएकी छिन् । ट्यालेन्ट राउण्डमा समेत उनले निर्णायकको मन तान्ने किसिमले प्रस्तुत भएकी थिईन् । सौन्दर्यता क्षेत्रका केहि जानकारहरुका अनुसार अनुष्का उत्कृष्ट ५ भित्र शतप्रतिशत पुग्ने ग्यारेण्टी गर्छन् भने केहिले बिजेताको नजिक रहेको समेत दाबी गरेका छन् । यसो त उनले कुन स्थानमा आफुलाई उभ्याउन सफल रहनेछिन् केहि घण्टा प्रतिक्षा गर्नुको बिकल्प छैन ।मिस नेपालको दाबेदारका रुपमा रहेकी अनुष्काले सिन्धुपाल्चोकका ग्रामिण भेगका बिध्यालयमा अनलाईन शिक्षा प्रणालीका बिषयमा आफुले योजना अघि सार्ने समेत केहि समय अगाडी नेपाली टिभि संगको साक्षात्कारमा उनले बताएकी थिईन् ।

मिस नेपालमा ‘मिस नेपाल ओसेनिया,मिस नेपाल हङकङ,मिस चितवन,मिस पोखरा,मिस पुर्बान्चल र मिस पशिच्मान्चलका बिजेताले सिधा रुपमा सहभागीता जनाएका छन् । आज मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरको रजत जयन्ती समेत हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।