काठमाण्डौ ।
हालै चलचित्रमा प्रबेश गरेकी चलचित्र कलाकार झरना थापा तथा निर्माता सुनिल कुमार थापाको छोरी सुहाना थापाले बुधबार जन्मदिन मनाएकी छिन् । उनी २० वर्ष पुरा भएर २१ मा प्रवेश गरेकी हुन् । पहिलो फिल्मबाट खासै राम्रो प्रतिकृया नपाए पनि यिनलाई फिल्मको चाँहि खास डर छैन । किनकी फिल्म खेल्न यिनले जोड दिने संकेत देखिएको छैन । यद्दपी जन्मदिनमा एउटा फिल्म खेलेकै नाताले शुभकामना दिनेहरु प्रसस्त देखीए ।
सुहाना अभिनेत्री तथा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाकी एक्ली छोरी हुन् । सुहानालाई आमा झरना थापाको पथ पछ्याउने नायिकाको रुपमा हेरिएको छ । अभिनयमा अब्बल सुहाना शालिन बोलीचाली सबैलाई राम्रो प्रभाव पारेकी छन् । अमेरिकामा पढ्दै गरेकी सुहाना पर्ढासँग सँगै अभिनयलाई पनि अगाडी बढाउने योजनामा छिन् । सुहानाको दोश्रो फिल्म पनि सम्भवतः होम प्रोडक्सनकै हुनेछ ।
उनको जन्मदिनमा अनमोल केसीले समेत उपहार दिएको खबर छ ।