धोनीकी छोरीलाई अपहरण गर्ने अभिनेत्री प्रिती जिन्टाको धम्की !

काठमाडौं।क्रिकेट क्याप्टेन  चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीका लाखौं प्रशंशक छन् । धोनीका मात्र होइनन् उनकी ४ वर्षकी छोरी जीवाका पनि ठूलो संख्यामा फ्यान छन् । बलिउड अभिनेत्री र किंग्स १ पंजाबकी सह मालिक प्रिती जिन्टा पनि जीवाकी फ्यान हुन् । फ्यान हुनुको हदसम्म त ठिकै थियो तर उनले त ट्वीट गरेर जीवालाई अपहरण गर्ने धम्की नै दिएकी छिन् ।

प्रितीले ट्वीटरमा लेखेकी छिन् ‘क्याप्टेन कूलका धेरै फ्यान छन् तर म उनकी छोरीकी फ्यान हुँ । उनले आफ्नी छोरी जीवालाई मबाट बचाएर राख्नुपर्छ । किनकि म उनकी छोरीलाई अपहरण गर्न सक्छु ।’जीवा ४ वर्षकी छिन् । धोनी र उनकी पत्नी साक्षीले सामाजिक संजालमा जीवाको भिडियोहरु राखिरहन्छन् । धोनी हालै लोकसभा चुनावमा भोट हाल्न मोहालीबाट राँची पुगेका थिए । त्यतिबेला उनले छोरी जीवालाई काखमा लिएर मतदान केन्द्र गएका थिए । उनहिरुको फोटो र भिडियो निकै लोकप्रिय भएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।