लोकदोहोरी क्विन रुपमा चिनिने पार्बतीको यस्तो हट अबतार ( तस्बिरसहित)

काठमाण्डौ ।

लोकदोहोरी गीतका म्युजिक भिडियोमा देखिईरहने मोडल पार्वती राई रियालिटी शो बाट आएकी कुशल नृत्यांगना हुन् । विगत ५ वर्षअघि हेर्छु ओठ टोकी म्युजिक भिडियोबाट लोकदोहोरी गीतमा मोडलका रूपमा देखा परेकी पार्वतीलाई त्यसपछि कुनै पनि दिन फुर्सद भएन । ४ सयभन्दा बढी लोकदोहोरी तथा तीज गीतमा मोडलका रूपमा काम गरिसकेकी पार्वती अरू कुनै काम गर्दिनन् । प्रस्तोता समाजमा आबद्ध पार्वतीले चलचित्र मेरो जीवनसाथी र हम जाएगामा अभिनय गरेकी थिइन् यद्यपि उनी अभिनयमा भन्दा नृत्यमै जमेकी छिन् । हरेक लोकदोहोरीमा कम्मर मर्काएर नाच्ने पार्वतीलाई धेरैले लोकदोहोरी क्विन भन्छन् ।राई तीज आउनुभन्दा दुई महिनाअघिदेखि नै तीजको भिडियो छायांकनमा व्यस्त हुन्छिन् । उनी नाच्नकै लागि अमेरिका, अस्ट्रेलिया, कतार, कोरिया, मलेसिया, दुबई आदि मुलुक पुगिसकेकी छिन् । पार्वती वर्षभरि नै म्युजिक भिडियो, महोत्सव तथा विदेशका कार्यक्रमहरूमा व्यस्त भैरहन्छिन् । पार्वती राम्रो दाम र नाम मिलेको यो कामबाट दंग छिन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।