के साँच्चै यिनि प्रियंका चोपडा नै हुन् त यही लुक्सले गर्यो बदनाम ! (भिडियो सहित)

काठमाण्डौ । बलिउड र हलिउडमा उत्तिकै चर्चित नायिका प्रियंका चोपडा विभिन्न कारणले चर्चामा आइरहन्छीन् ।कहिले इन्टरनेटमा सबैभन्दा बढि खोजिएकी नायिका भएर भने कहिले इन्स्टाग्राममा धेरै फलोअर भएको कारण । ठुलो फ्यानबेस भएकी प्रियंका कहिलेकाहीं ट्रोलको शिकार पनि हुने गरेकी छिन् ।पछिल्लो समय उनले राम्री देखिन फरक फेशन र मेकअप साथ आएको फोटोलाई विषय बनाउँदा भारतमा उनी ट्रोलको शिकार भइरहेकी छिन् ।मेट गाला २०१९ कार्यक्रममा प्रियंकाले पृथक फेसनसाथ आफ्नो श्रीमान निक जोनससँग आएकी थिइन् । कार्यक्रममा थिमनै ‘क्याम्पः नोट्स अफ फेशन’ रहेकोले पनि प्रियंका यस्तो नौलो अवतारमा आएकी थिइन् ।

प्रियंकाले लगाएको लुगा मात्र होइन, उनको हेयरस्टाइल र मेकअपको कारण कार्यक्रममा राम्रै चर्चा पाएकी छिन्। यद्यपी उनको तस्विरमा भारतीयहरुले भने भुत जस्तै देखिएको भन्दै मजाक उडाएका छन् ।भारतीय नागरिक राहुल कुमार गुप्ताले उनको तस्विरलाई साझा गर्दै भने धेरै गाँजा खाँदा यस्तो हुन्छ । त्यस्तै क्यारोलीना नामको ट्वीटर प्रयोगकर्ताले जोकरको फोटो र प्रियंकाको फोटोमा केहि फरक नपाएको लेखेकी छिन् ।

हर्ष यादव नाममा ट्वीटेले उनको फोटो सार्वजनिक गर्दै ‘हाम्री देशी गर्ल दुष्ट आमाको अवतारमा आएकी छिन्’ भनेका छन् । केहिले उनलाई डायन पनि भनेका छन् ।उनको फेशनमाथी नकारात्मक टिप्पणी गर्नेहरुको संख्या धेरै भएपनि केहिले भने उनको समर्थनमा पनि लेखेका छन् । ‘श्रीमान् साथै हुँदा उनले यस्तो फेशन गरेकी छिन् । श्रीमान्लाई नभएको समस्या तिमीहरुलाई किन ?’ भनेर केहिले प्रश्न पनि गरेका छन् ।

https://www.facebook.com/ashika.tamang.7/videos/2706633746019948/
एजेन्सी

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।