ओलीको बोलीले संसदमा कांग्रेसको हंगामा,संसदको गरिमा पालन भएनः मीनेन्द्र रिजाल

काठमाडौं ।

शुक्रबार संयक्त बैठकमा राष्ट्रपति बिध्धादेबी भण्डारीले सरकारको निति तथा कार्यक्रममा सम्बोधन गर्दा नेपाल सरकार नभई मेरो सरकार भन्नाले अहिले देश-बिदेश बाट राष्ट्रपतिको ब्यापक आलोचना भईरहेका बेला संसदमा समेत हंगामा मच्चाएको छ ।प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. मीनेन्द्र रिजालले सभामुख महराले संसदको गरिमा पालना गर्न नसकेको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि भएको हंगामा सभामुखले भूमिका खेल्न नसकेकपछि रिजालले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘यो संसदको प्रधानमन्त्रीले धज्जी उडाउनु भयो, संसदको गरिमा पालना गर्नुभएन र सभामुख महराले समेत आफ्नो गरिमा कायम गर्न सक्नु भएन । उहाँ कसैको निम्ती डराउनु भयो यसले संसदको गरिमा रहेन ।’

साथै उनले यस्ता किसिमका गतिविधिले लोकतन्त्र दिगो नहुने भन्दै यसलाई आम नागरिककाबीच लैजाने समेत बताए । आजको संसदको हंगामाले फेरी पनि केहि दिन समचारको खुराक बनेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।