पोखरामा ‘इन्जोय जोन’ बनाउँदै, ‘रेड लाइट एरिया’ झैं यौन क्रियाकलाप समेत स्वतन्त्र

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा ‘इन्जोय जोन’ बनाउने भएको छ । प्रदेश सरकारले पोखरामा आउने पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले कुल ९ करोड लागतमा ‘इन्जोय जोन’ बनाउने भएको हो । प्रदेश सरकारले निजि कम्पनीलाई चौबिसै घण्टा सञ्चालनको जिम्मा दिने गरी पोखराको लेकसाइड क्षेत्र नजिक ‘इन्जोय जोन’ बनाउने तयारी गरेको गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

‘इन्जोय जोन’ मा जाने ब्यक्तिले मनोरञ्जनका लागि ईच्छा यौन क्रियाकलापसमेत स्वतन्त्र रुपमा गर्न पाउने छन् ।मन्त्री लम्सालका अनुसार ‘इन्जोय जोन’ क्षेत्रमा पर्यटकीय गतिविधिमा प्रहरी प्रशासनले हस्तक्षेप गर्दैन । ‘इन्जोय जोन’ निर्माण भईसकेपछि विश्वका अन्य पर्यटकीय मुलुकहरुमा हुने सम्पूर्ण गतिविधि पोखरामा पनि हुनेछ ।

उदाहरणीय तस्विर*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।