अगाडी बढ्दै प्रितम आचार्य सेयर गरेर आशिर्बाद माग्दै !

  NTV NPL

काठमाण्डौ ।

भनिन्छ हरेक मानिसमा दैवले केही न केही कला दिएको हुन्छ. यदि त्यो कलालाई त्यस व्यक्तिले पहिचान गर्न सक्यो भने प्रगतिको बाटो तिर लम्किन्छ । अहिलेको सन्दर्भमा प्रितम आर्चायले हरेक नेपालीको मन, मुटु र मस्तिस्कमा आफूलाई राख्न सफल भएका छन् । अहिले प्रितमले आफ्नो मात्र नाम भारतमा चिनाएनन्, आफ्नो देशको पनि नाम भारतभरी चम्काएका छन्. प्रितम आर्चायको जन्म वि.सं २०६५  साल जेष्ठ १० गते धरानको घोपा क्याममा भएको थियो । सुनसरी ईटहरीका स्थायी बासिन्दा रहेका प्रितम उनका परिवार सहित ईटहरीमै बस्छन ।

उनका पिता काशीराम आर्चाय र माता राधिका आर्चाय हुन् । उनको परिवारमा ४ जना सदस्य छ । उनी हाल विश्व आर्दश स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । आर्चाय कक्षामा सधैँ प्रथम हुदैआएका छन् । भारतको जी टिभि बाट प्रसारण हुने रियालीटि शोमा गएपछी सैबको मन जिती नेपालको नाम चिनाउन सफल भैरहेका छन् ।

बलिउडका चर्चित सेलिब्रेटि पनि उनको स्वर सुनेर चकित परीरहेका छन् । अहिले त आर्चायलाई नचिन्ने व्यति देश भित्र मात्र
हैन देश बाहिर पनि सायदै कम छन् भने उनलाई अहिले हरेक नेपालीको साथ र सहयोग आइरहेको छ ।

यो समचार शेअर गरेर प्रितमलाई आसिर्बाद दिनुहोस् :

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।