कसरी भए सलिनमान बानियाँ उत्कृष्ट नायक ?

  NTV NPL

काठमाडौँ । नयाँ वर्षको सुरुवात सँगै विभिन्न नाममा अवार्डहरू सुरु हुन लागेका छन् । यो वर्षको सुरुवातमै पहिलो अवार्डको रूपमा डी, सिने अवार्ड २०७६ शनिवार काठमाण्डौको हिरा रत्न हलमा आयोजना भएको छ । उक्त अवार्डमा उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ र उत्कृष्ट अभिनेता सलिनमान बानियाँ घोषित भएका छन् । नायक सलिनमानले चलचित्र “यात्रा”को अभिनयबाट अवार्ड प्राप्त गरे भने नायिका नम्रता श्रेष्ठले चलचित्र “प्रसाद” बाट अवार्ड विजेता बनायो ।सलिमानले अवार्ड जिते लगत्तै देखि सामाजिक संजालमा उनको अभिनयको टिकाटिप्णी गर्दै यस्ता दुम्सी जस्तो केटो कसरी भयो उत्कृष्ट नायक भन्दै उनको आलोचना गर्न थालिएको छ । वास्तविक रुपमा उनले खासै फिल्म गर्न पाएका छैनन । गत बर्ष देखी चलचित्रमा देखा परेका बाँनियाले बिरलै २ वटा फिल्म खेले ।

चलचित्रमा देखिएको बर्ष दिन बित्न नपाउदै उत्कृष्ट नायकको अवार्ड लिन उनी आफैलाई लाज लाग्नु पर्ने थियो तर लागेन यो अवार्डले उनको मनोबल बढाए पनि अन्य नायकहरुको मनोबल घटाएको पक्कै छ । शनिबार हिरारत्न चलचित्र भवन कालोपुलमा आयोजित अवार्डमा फिल्म ‘छक्का पञ्जा ३’ को बर्चश्व रह्यो । फिल्मले उत्कृष्ट फिल्मसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशक गरेर ८ विधामा अवार्ड प्राप्त गर्यो । गत वर्षको अन्त्यमा प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ भने क्रिटिक्ससहित ६ विधामा अवार्ड जित्दै धेरै अवार्ड पाउने फिल्मको सूचिमा आफुलाई दोस्रो स्थानमा उभ्याउन सफल देखियो ।

कुल ३३ बिधामा अवार्ड बाँडिएको कार्यक्रममा आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले अवार्ड सँधै विवादित पर्ने गरेको बताउँदै आफुहरु सधैं विवाद नहोेस् भन्ने हेतुले काम गर्ने गरेको बताए । सम्मान र पुरस्कार बरिष्ठ अभिनेता नीर शाहलाई अवार्डमा ‘छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड २०७६’ बाट सम्मानित भए ।कार्यक्रममा गायिका देविका बन्दनाले ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६’ प्राप्त गर्दा निर्देशक शोभित बस्नेतले ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६’ थापे । सोही अवसरमा पत्रकार अनन्त वाग्लेलाई नगदसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार २०७६’ समेत प्रदान गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।