काठमाडौँ । नयाँ वर्षको सुरुवात सँगै विभिन्न नाममा अवार्डहरू सुरु हुन लागेका छन् । यो वर्षको सुरुवातमै पहिलो अवार्डको रूपमा डी, सिने अवार्ड २०७६ शनिवार काठमाण्डौको हिरा रत्न हलमा आयोजना भएको छ । उक्त अवार्डमा उत्कृष्ट अभिनेत्री नम्रता श्रेष्ठ र उत्कृष्ट अभिनेता सलिनमान बानियाँ घोषित भएका छन् । नायक सलिनमानले चलचित्र “यात्रा”को अभिनयबाट अवार्ड प्राप्त गरे भने नायिका नम्रता श्रेष्ठले चलचित्र “प्रसाद” बाट अवार्ड विजेता बनायो ।
सलिमानले अवार्ड जिते लगत्तै देखि सामाजिक संजालमा उनको अभिनयको टिकाटिप्णी गर्दै यस्ता दुम्सी जस्तो केटो कसरी भयो उत्कृष्ट नायक भन्दै उनको आलोचना गर्न थालिएको छ । वास्तविक रुपमा उनले खासै फिल्म गर्न पाएका छैनन । गत बर्ष देखी चलचित्रमा देखा परेका बाँनियाले बिरलै २ वटा फिल्म खेले ।
चलचित्रमा देखिएको बर्ष दिन बित्न नपाउदै उत्कृष्ट नायकको अवार्ड लिन उनी आफैलाई लाज लाग्नु पर्ने थियो तर लागेन यो अवार्डले उनको मनोबल बढाए पनि अन्य नायकहरुको मनोबल घटाएको पक्कै छ । शनिबार हिरारत्न चलचित्र भवन कालोपुलमा आयोजित अवार्डमा फिल्म ‘छक्का पञ्जा ३’ को बर्चश्व रह्यो ।
फिल्मले उत्कृष्ट फिल्मसहित गायक, गायिका, लोक संगीत, हास्यकलाकार, चरित्र अभिनेत्री, सम्पादन र निर्देशक गरेर ८ विधामा अवार्ड प्राप्त गर्यो । गत वर्षको अन्त्यमा प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ भने क्रिटिक्ससहित ६ विधामा अवार्ड जित्दै धेरै अवार्ड पाउने फिल्मको सूचिमा आफुलाई दोस्रो स्थानमा उभ्याउन सफल देखियो ।
कुल ३३ बिधामा अवार्ड बाँडिएको कार्यक्रममा आयोजक संस्था छायाँछवि क्रियशनका अध्यक्ष शान्ति प्रियले अवार्ड सँधै विवादित पर्ने गरेको बताउँदै आफुहरु सधैं विवाद नहोेस् भन्ने हेतुले काम गर्ने गरेको बताए । सम्मान र पुरस्कार बरिष्ठ अभिनेता नीर शाहलाई अवार्डमा ‘छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड २०७६’ बाट सम्मानित भए ।
कार्यक्रममा गायिका देविका बन्दनाले ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६’ प्राप्त गर्दा निर्देशक शोभित बस्नेतले ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान २०७६’ थापे । सोही अवसरमा पत्रकार अनन्त वाग्लेलाई नगदसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार २०७६’ समेत प्रदान गरिएको थियो ।








