पथरी काण्ड: कमल रातभर श्रीमतीसंगै थिए भने कसले गर्यो त बारम्बार रिनालाई फोन ?

  NTV NPL

पथरी ।
२९ बर्षीय रिना बस्नेत एक सामान्य परिवारमा जन्मे हुर्केकी महिला हुन्। रिना र सन्तोष बस्नेतबीच करिव १५ वर्षअघि प्रेम विवाह भएको थियो। उनीहरुको १४ वर्षका छोरा छ। सन्तोष विदेश गएपछि उनी आफ्नो एक छोरा साइमन सहित मोरङ जिल्ला पथरी शनिश्चरे त्रिवेणी चोक साझा लाइनको डेरामा बस्दै आएकी थिइन्। उनको डेराको कोठा स्थानीय वीरबहादुर बस्नेतको घरको तीन तलामाथि थियो।उनी एसआरएस कस्मेटिक एण्ड गिफ्ट हाउसकी प्रोप्राइटर हुन्। उनका श्रीमान बैदेशिक रोजगारीका लागि दुबईमा बस्थे। उनी नेपालमा कस्मेटिक पसल संचालन गर्थिन्। यसरि नै उनको दैनिक गुजारा चलिरहेको थियो।

करिब ७ बजे तिर रिना कसैको जन्मदिनको कार्यक्रममा छोरासहित सहभागी हुन पुगेकी थिइन्। जन्मदिनको रमाइलो माहोलमा रमाउन पुगेकी उनी फोन धेरै पटक आएकोले तनावमा देखिन्थिन्। त्यसैले उनी हतारिदै बर्थडे पार्टीबाट निस्कीईन्। फेरी अर्काे कार्यक्रममा सहभागी भइन् । एक घण्टा जति कन्सर्ट हेरेर ११ बजेपछि उनी डेरामा आइपुगिन्। कन्सर्ट हेरुञ्जेल पनि उनको मोबाइलमा फोन आकोआइ थियो। उनी भने फोन काटेको काटेई थिइन्। यी सब गतिबिधिहरु उनका छोराले नियालिरहेका थिए।

लामो समय देखि दुबईमा रोजगारीको शिलशिलामा बस्दै आएका रिनाका श्रीमान सन्तोष बस्नेतले आफ्नो भाई मार्फत आफ्नी श्रीमतीको मृत्यु भएको खबर पाएका थिए। उनले पत्नीको मृत्युपछि मात्र उनको प्रेम सम्बन्ध रहेको चाल पाएको बताएका छन्। ‘यस अघि थाहा थिएन, मृत्यु प्रकरणपछि विभिन्न पाटा खुले । यसै सन्दर्भमा थाहा पाएँ’, उनले भनेका छन्।

कमल नेपालकि श्रीमती मनिता नेपालको दुई छोरा छन्। ३२ वर्षको पथरी बसाई पछि व्यवहारिक कुराले उनी बसाई सरेकी थिइन्। उनका अनुसार रिनासँग सामान्य चिनजान थियो तर, उनीसँगै आफ्नो श्रीमानको प्रेम सम्बन्ध भएको थाहा थिएन। उनी भन्छिन्, ‘यदि मैले थाहा पाएको भए टीका लगाएर पठाउथेँ तर, रिनाको मृत्युपछि मलाई दोषी बनाउन खोजियो।

पथरी आसपासका क्षेत्रमा जग्गाको कारोबार गर्दै आएका कमललाई ४ वैशाखमा ससुराली पक्षका व्यक्तिले पथरी बजारमै कुटपिट गर्दै इलाका प्रहरी कार्यालय पुर्‍याएका थिए। सम्पत्ती सम्बन्धी विवादले उनीहरुको सम्बन्ध चिसिएको थियो ।

विवादकै कारण मनिता बुधबार पथरी गएकी थिइन् । त्यसबेला उनलाई कसैले तेरो श्रीमानले अर्कैसँग बिहे गरेको छ, केही लिएर हिँड्छ भनेर सुनाए। मनिताका अनुसार सासु ससुराकै अगाडि केटीबारे सोधिन् तर, कमलले त्यसलाई अस्वीकार गरे।

रिनाका छोरा साइमनको अनुसार गएराति रिनालाई बर्थडे पार्टी र कन्सर्टमा धेरै पटक फोन आएको थियो। यदि कमल नेपाल घरमा नै थिए भने रिनालाई फोन गरिरहने व्यक्ति को थिए ? कमल नेपालको नम्बरबाट पटक पटक कल आएको कल डिटेल मार्फत जानकारी पाइएको छ। कल डिटेलमा कमलसँग कुरा गरेको पाइएपछि इलाका प्रहरी कार्यालय पथरीले नेपाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर कमल बजगाईको भनाई छ।

घरमा श्रीमतीसँग भएको बेला कमलले फोन त पक्कै गरेनन् होला। हुनसक्छ प्रेम सम्बन्ध नभएको प्रमाणको लागि उनकै श्रीमतीले कमललाई फोन गर्न लगाएकी हुन् कि ?

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।