प्रमको नितिमा राष्ट्रपतिको २१ पटक ‘मेरो सरकार’ चौतर्फी ब्यङ्ग्य सुरु, राजतन्त्रको झल्को !

  NTV NPL

काठमाडौं ।

सम्मानित राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संयुक्त संसदमा नेपाल सरकारको बर्ष २०७६।२०७७ को निति तथा कार्यक्रम पढेर सुनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तयार गर्नु भएको निति तथा कार्यक्रमलाई राष्ट्रपतिले बाचन गर्नु भएको हो ।ओली सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पढिदिएको नीति तथा कार्यक्रममा २१ पटक मेरो सरकार भनिएपछि यो कसको सरकार भन्ने बहस सुरू भएको छ। पञ्चायती शासनकालमा राजाले मेरो सरकार भनेर नीति तथा कार्यक्रम वाचन गर्ने शैलीमै आएको यो नीति तथा कार्यक्रम राष्ट्रपतिको कि सरकारको भन्ने प्रश्न पनि उठेको छ। यसबाट फेरि एकपटक राष्ट्रपति भण्डारीलाई विवादमा तान्ने काम भएको छ।

ओली सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत् संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले राजतन्त्रको झल्को दिएको अनुभूति गरिएको छ। पञ्चायतमा राजाले पढ्ने नीति तथा कार्यक्रमजस्तै नीति तथा कार्यक्रममा २१ पटक मेरो सरकार भनिए पछि यो सरकार कसको हो भन्ने प्रश्न उठेको छ। अहिले सामाजिक संजालमा चौतर्फि रुपमा यस बारे ब्यङग्य सुरु भएको छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकाले यो सरकार राष्ट्रपतिको हो भन्ने अर्थ लाग्छ। त्यसैले धेरैले सार्वजनिक रूपमै यो कस्को सरकार भन्ने प्रश्न उठाएका छन्। मेरो सरकार भनेर नीति तथा कार्यक्रम प्रस्तुत भएपछि यो नीति तथा कार्यक्रम राष्ट्रपतिको हो कि प्रधानमन्त्रीको भन्ने प्रश्न पनि उठेको छ।यसरी प्रश्न उठाउनेमा नेपाली कांग्रेसका सांसद गगन थापा अग्रपंक्तिमा देखिएका छन्। उनले राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा ‘मेरो सरकार’ भनेर घुसाइएको शव्द ब्लण्डर भएको प्रारम्भिक प्रतिकृया दिएका छन् । उनले यो ‘ब्लन्डर’ कसले गरेको त्यो सरकारले प्रश्ट पार्नुपर्ने बताए ।

राष्ट्रपति र सरकार कसको नीति तथा कार्यक्रम भनेर छुट्याउन नसकिएको भन्दै थापाले राष्ट्रपतिलाई विवादमा तान्ने काम गरेको बताए।

४६ पेजको नीति तथा कार्यक्रममा सरकारको रामराज्य बनिसकेको जस्तै प्रस्तुति भएको भन्दै नीति तथा कार्यक्रम टेक्ने आधार नै नभएको पनि उनले बताए।। उनले अगाडि भने- यसमा नयाँ केही छैन यो आत्मप्रशंसाको पुलिदन्दा मात्र हो ।

यो पनि पढ्नुहोस्ः

नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति 

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

 

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।