नेपालमा चक्रवात ‘फानी’को प्रभावले अन्धकार,हावाहुरी सहित पानी,सचेत रहन आग्रह

  NTV NPL

काठमाण्डौ ।

बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले देशका धेरै ठाउँमा मेघगर्जन सहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यसको प्रभाव बिराटनगर देखी चितवन सम्म परिसकेको छ । भने काठमाण्डौ तिर सर्दैछ । चितवनमा बिहानैदेखि हाबाहुरी चलेको छ भने अन्धकार भएको छ ।भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आउन लागेको सामुद्रिक आँधी फानीले पु¥याउन सक्ने क्षतिलाई मध्यनजर गर्दै सरकारले त्यस क्षेत्रका करि  १२ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिसकेको छ ।उक्त आँधी २ सय किलोमिटर प्रति घण्टाको गतिमा आउन सक्ने बताईएको छ । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने पनि अनुमान गरिएको छ । हाल बङ्गालको खाडीबाट यस समुद्री आँधी झन्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ ।

फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बङ्गलादेशतर्फ लाग्ने बताइएको छ ।नेपालको मौसम पूर्वानुमान महाशाखा ले सो समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बङ्गलादेशतिर जाँदा कमजोर हुने भए पनि त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने बताएको छ । सोही प्रभावले आज शुक्रवारदेखि हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रवार भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।महाशाखाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘चक्रवात नेपालतर्फ आउने संभावना अहिलेसम्म नदेखिए पनि यसको प्रभावबाट नेपालको पूर्वी, मध्य क्षेत्रमा शुक्रवार र शनिवार मौसम केही प्रभावित भई मेघ गर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने देखिएको छ’ । हिमाली भेगमा हल्का हिमपात हुने र आइतवारदेखि मौसममा क्रमिक सुधार आउने बताइएको छ ।

पहिलो बाहेकका तस्विर फाईल तस्विर हुन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।