साँच्चै २० लाख पारिश्रमिक लिएकै हो त पुजा शर्माले,खिल्ली उडाउने लाई कडा जवाफ

२० बैशाख काठमाण्डौ ।

नायिका पूजा शर्मा चलचित्र प्रेम गीत बाट एकाएक चर्चामा आएकी हुन् । सुरुवाती चरणमा उनी चलचित्र बाट खासै सफलता नकमाएकी पुजा ले चलचित्र प्रेम गीत बाट भने रातारात चर्चा कमाइन् । उक्त चलचित्र बाट अहिले राम काहानी सम्म आइपुग्दा सम्म दर्शकहरुले केहि हद सम्म चिन्न सकेका छन् । उनी  नायिका र निर्मात्री मात्र नभई उनी सर्वाधिक मंहगी नायिका भएको खबर चौतर्फी आउदै गर्दा प्रचारको प्रपोकाण्ड समेत भनेका छन् । उनले सिने क्षेत्रमा अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह लाइ पनि पछाडि पार्दै २० लाख पारिश्रमिक लिएको पुतली सडकका क्याफेमा हल्लाखल्ला छ ।

उनको यस पारिश्रमिक प्रति सिनेमा क्षेत्रकै धेरैले आशंका व्यक्त गरिरहेका छन् भने सिनेमा क्षेत्रको बर्तमान अवस्था हेरेर कलाकारले २०/ ३०/ ४० लाख माग्नै नहुने , त्यसको पनि लायक कुनै कलाकारहरु भईनसकेको लगायतका कुराहरुमा टिकाटिप्पणी भईरहेका छन् । यस बिषयमा धेरैले धेरै खाले चर्चा गरे । यसबीचमा पुजाले आफनो पारिश्रमिकमाथि भएको टिकाटिप्पणीमा मुख खोलेकीछिन् । एक मिडियासंगको कुराकानीमा कलाकारहरुले फिल्मलाई समय दिनेदेखि लिएर मेन्टेनसमेत गर्नु पर्ने भएकोले त्यती पारिश्रृमिक ठुलो कुरा नभएको बताएकीछिन् ।उनले २० लाख नै नगद पारिश्रमिक लिएको नभई १० लाख एडभान्समा लिएको र बाँकी उनले फिल्मको कन्ट्री राईटस लिएको खुलासा गरिन् । उनले आफु पनि निर्मात्री भएकोले अरुलाई मार्नु हुन्न भन्ने बुझेको बताईन् । उनले भनिन् “यो कुरालाई ठुलो इसु बनाउन आवश्यक नै छैन । अझ एउटा कलाकार भएर अर्को कलाकारको धज्जी उडाउँदा खेरी चाही नराम्रो लाग्छ । आफु के हुँ र आफुँ पनि यही ठाँउमा छु भोली हामीलाई पनि त्यही चीज आउँछ भनेर सोच्नु पर्छ जस्तो लाग्छ” ।उनले नायकहरुले धेरै पारिश्रृमिक लिँदा प्रशंसा हुने तर नायिकाहरुले धेरै पारिश्रमिक लिँदा खिल्ली उडाउँने विश्वास नगर्ने जस्तो प्रवृती देखिएको भन्दै उनले चित्त दुखाईन् । पुजाले फिल्म पोई प¥यो कालेमा २० लाख पारिश्रमिक लिएकी हुन् । त्यसपछि सिनेमा क्षेत्रमा यसको खुबै चर्चा भएको थियो ।तर,उनले के कति पैसा लिएकी हुन उनैले जानुन् । हाम्रो चलचित्र क्षेत्रमा ५ लिदा १० र १० लिदा २० हुने गणितीय शास्त्र प्रिय बनेको छ । कतै पुजा जी यहाले पनि यहि गणितिय शास्त्र अपनाउनु भएको त होईन । जे होस् यहाँले मिडियामा आउने तरिका चाँहि सिक्नु भएको खुसीको कुरो ।

गसिप*

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।