मुम्बई। बलिउडकी अभिनेत्री श्रद्धा कपुर नेपालकी बुहारी बन्ने भएकी छन् । श्रद्धा र फोटोग्राफर रोहन श्रेष्ठ अहिले प्रेम सम्बन्धमा रहेका छन् । श्रद्धा अर्को वर्षसम्म आफ्ना प्रेमी श्रेष्ठसँग विवाह गर्न सक्ने भारतीय मिडियाले जनाएको छ । श्रद्धा गत एक वर्षदेखि रोहनसँग डेट गरिरहेकी मिडियाले उल्लेख गरेको छ।
रोहन बलिउडका चर्चित सेलिब्रिटी फोटोग्राफर राकेश श्रेष्ठका छोरा हुन् । रोहनको बुवा राकेश श्रेष्ठ काठमाडौंमा जन्मिएका हुन् । रोहनको जन्म भने भारतको मुम्बईमा भएको हो । यि दुई केहि समय अघि देखी नै निकट रहे पनि प्रेमी-प्रेमीका रुपमा भने गत बर्ष देखि रहेको एजेन्सी बताउछ ।
रोहनले न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका हुन् । श्रद्धा कपुर ब्याटमिन्टन खेलाडी साइन नेह्वालको जीवनीमा आधारित फिल्म छोडेर चर्चामा रहेकी छन् । यि दुईको प्रेम र बैबाहिक सम्बन्धका गसिपले वलिउड मिडियाको समेत ध्यान खिचेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् ।