नेपालमा पहिलो पटक बर्ड फ्लूबाट एकको मृत्यु

वैशाख १९ ।

कुखुरा लगायत पंक्षीमा देखिएको बर्ड फ्लु संक्रमणका कारण नेपालमा पहिलो पटक  एक युबाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेका २१ वर्षीय एक युवकको बर्ड फ्लू (एच फाइभ एन वान) बाट मृत्यु गएको हो ।गत चैत १० मा ज्वरो र खोकीका कारण अस्पताल पुगेका उनलाई इन्फ्लुएन्जाको औषधि दिइएको थियो । उनको श्वासप्रश्वासमा समस्या देखिएर चैत १५ गते मृत्यु भएकाे थियाे। मृतकको नाम भने खुलाइएको छैन। ती युवकको र्‍याल परीक्षण पछि बर्ड फ्लू भएको पुष्टि भएको हो।

भिडियो हेर्न तल क्लिक गर्नुहोला !

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।