अपडेट ! दाल भात तरकारी सिड्नीमा ४ मेल्बर्नमा ३ शो

१ मे सिड्नी ।

प्रतिक्षित चलचित्र ‘दाल भात तरकारी’को अष्ट्रेलियाको शो फाईनल भएको छ । केहि समय अघि देखी अष्ट्रेलियामा ओभरसिज सिनेमाको सेन्सर काण्डले गर्दा शो ब्यबस्थापनमा समस्या देखिए पनि स्थानीय आयोजकले निर्धारित समयमा नै शो गर्ने भएको छ ।केहि दिन अघि सो रद्द गरेको भन्ने खबरका बाबजुदका बिच आयोजकले सो समयमा नै शो गर्ने पक्का भएको छ । यो संगै सिड्नी अर्थात् एनएसडब्लु राज्यमा ४ शो र मेल्बर्न भिक्टोरिया राज्यमा अहिले सम्म ३ सो हुने आयोजकले जानकारी गराएको छ ।

सिड्नीमा यही मे ३ देखी ६ सम्म सिड्नीमा हुनेछ भने मेल्बर्नमा ३ ५ र ७ मा सो हुने भएको हो । यस्तै डार्बिनमा २ सो तय गरिएको छ । डार्बिनमा मे १९ र २० मा हुने भएको छ । यस अघि टिकट बिक्दा सम्म बिना सेन्सर जति पनि शो गर्दै आएता पनि अहिले अष्ट्रेलियामा ओभरसिज सिनेमा हरेक राज्यमा ४ सो भन्दा बढी गर्नु परेमा सेन्सर गर्नुपर्नेछ । जस्को लागि करिब २ हजार डलर सेन्सर शुल्क तिर्नुपर्नेहुन्छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।