नेपाली राष्ट्रगानलाई सम्मान नगर्ने कलाकारमा राजेश हमाल देखी प्रियंका-आयुष्मान

१७ बैशाख ।

चलचित्र क्षेत्रमा पछिल्लो समयको सर्बाधिक हिट जोडी प्रियंका कार्की र उनका पति आयुष्मान देशराजले हालै को बन्छ करोडपति खेले । जस्का कारण अहिले यो जोडी मात्र नभएर कार्यक्रमका प्रस्तोता तथा अभिनेता राजेश हमालकै बेईज्त गरेको छ । कथा काठमाडौँमा एकसाथ काम गरेपछि प्रेम सम्बन्धमा बाधिएका यी दुईको प्रेम चर्चा र बिवाद दुबैमा आए । सुरुवाती दिनमा यी दुईलाई आफनो प्रेम सम्बन्धलाई लिएर गरिएका टिकाटिप्पणीहरु प्रति दुख लाग्थयो तर अहिले यो जोडी आलोचनाको कुनै मतलब छैन । तथापी यी दुई कुनै न कुनैरुपमा बिवादमा भने पर्ने गरेका छन् । यस्तै बिवादमा फेरी परेका छन् प्रियकाको जोडी । केही दिन अघि मात्र प्रियंका र आयुषमान महानायक राजेश हमालले सञ्चालन गर्दे आएको को बन्छ करोड कार्यक्रममा सहभागि हुन पुगेका थिए ।जुन कार्यक्रममा महानायकले उनीहरुलाई राष्ट्रिय गानमा कति पटक नेपाल शब्द आउँछ भनेर प्रश्न सोधेका थिए । जसको उत्तर दिने क्रममा यी दुईले राष्ट्रगान गाएका थिए । राष्ट्रगान गाउँदा प्रियंका आयुषमान र स्वंयम राजेश हमाल पनि नउठेपछि यी तीनै जना बिवादमा आएका हुन् । सामान्यतया जब कुनै पनि देशको राष्ट्रगान बज्छ तब उठेर सम्मान दिनु पर्ने हुन्छ तर यी तीनै जनाले त्यसो नगरेपछि बिवादमा तानिएका हुन् ।

यस बिषयमा सामाजिक सञ्जालमा यी तीनै जनाको खुबै आलोचना भईरहेको छ । कार्यक्रममा राष्ट्रिय गानबाट प्रश्न बनाएर सोध्नु राम्रो भएको तर राष्ट्रिय गान बज्दा उठ्नुपर्छ भन्ने कुरा देशका चर्चित कलाकारलाई थाहा नभएको भन्दै धेरैले टिप्पणी गरेका हुन् ।यसैगरी सिसाकलममा भएको ‘एच बि’ ले के जनाउँछ रु भन्ने प्रश्नमा उनिहरुले दिएको उत्तर गलत भएपछि उनीहरु सामाजिक सञ्जालमा ट्रोलको सिकार बनिरहेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।