घरेलु हिंसाको शिकारमा बलिउड टिभी नायिका,दोस्रो पटक पनि टुट्यो विहे

बैशाख १७ ।

टेलिभिजन नायिका प्रिया बठिजाले सन् २०१७ मा डिजे कवलजीत सलूजासँग विवाह गरेकी थिइन् । तर दुई वर्ष पछि नै प्रियाले कवलजीतसँग सम्बन्धविच्छेद लिने निर्णय गरिन् । अचम्मको कुरा के छ भने यो प्रियाको दोस्रो विवाह हो ।प्रियाले स्पटब्वइलाई दिएको अन्तरवार्तामा भनिन्, ‘यो निकै दुर्भाग्यको कुरा हो कि म आज सम्बन्धविच्छेदबारे कुरा गरिरहेको छु । एक महिला जो दोस्रोपटक यो अवस्थाबाट गुज्रिरहेकी छिन् । म एक फेयरीटेल विवाहमा विश्वास गर्दथेँ, त्यसैले त दोस्रो विवाह गर्ने सोच बनाए । तर अब विश्वास छैन ।’

प्रियाले भनिन्, ‘म आफ्नो करियरलाई बीचमा नै रोकेर विवाहका कारण रायपुरमा गएर बसेँ । तर जब म आफ्नी श्रीमान् र उनका अभिभावकसँग रायपुर गएर बस्न थालेँ तब मेरा श्रीमान् मुम्बई बस्न चाहेको थाहा पाएँ ।’उनले थपिन्, ‘हामी मुम्बई सर्यौं । मैले आफ्ना श्रीमानको करियर बनाउन हरेक तरिकाले कोसिस गरेँ । तर उनले यो सम्बन्धलाई कहिले पनि गम्भीरताले लिएनन् । म उनका लागि मुम्बई आउने एउटा टिकट मात्र थिएँ ।’आफू घरेलु हिंसाको शिकारसमेत भएको बताएर उनले सबैलाई चकित पारिदिइन् । जब स्थिती नियन्त्रण बाहिर रह्यो तब उनले ओशिवारा पुलिस स्टेशनमा उजुरीसमेत दिएको बताइन् ।उनले भनिन्, ‘मैले यो सम्बन्धमा रहँदा मानसिक र तनावमात्र सहनु पर्यो । जसको प्रमाण मेरो मेडिकल बिल र पुलिसमा दिएको उजुरी हो ।’प्रियाको आरोप सुनेपछि जब यसबारे उनका श्रीमान डिजे कवलजीत सलूजासँग कुरा गर्न खोजियो तब उनले ‘नो कमेन्ट’ भन्दै कुरा गर्न चाहेनन् ।स्मरण रहोस्, बठिजाले २२ मे २०१७ मा रायपुरमा विवाह गरेका थिए । यो विवाहमा प्रिया र कवलजीतका आफन्त र केही साथीमात्र समावेश भएका थिए ।यसअघि प्रियाले टिभी नायक जतिन शाहसँग सन् २००९ मा विवाह गरेकी थिइन् । तर दुई वर्षपछि नै दुबैको सम्बन्ध टुट्यो ।

एजेन्सी ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।