अमेरिकामा नेहा कक्करको बाथरुम डान्स (भिडियो सहित)

बैशाख १७
बलिउडकी  गायिका नेहा कक्करले अमेरिका पुगेर भाईरल हुने किसमको बाथरुम डान्स भिडियो रिलिज गरेकी छिन् । उनले जुन गीत सार्वजनिक गर्छिन्, ती गीत चर्चित भइहाल्छन् ।सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहने गर्छिन् । उनी आफ्ना तस्वीर र भिडियो इन्स्टाग्राममा शेयर गर्ने गर्छिन् । हालै नेहाले एक भिडियो इन्स्टाग्राममा शेयर गरिन् । जुन भिडियोमा उनी बाथरुममा नाच्दै गरेको देख्न सकिन्छ ।

‘हौली हौली’ गीतलाई नेहा कक्कर र गैरी सन्धुले गाएका छन् । नेहाले यो गीत गाएर सामाजिक सञ्जाल इन्स्टाग्राममा अपलोड गरेकी छिन् । नेहाले ‘हौली हौली’ गीतमा नाचेको भिडियो शेयर गर्दै फ्यानलाई कस्तो लाग्यो भनेर सोधेकी छिन् । उक्त भिडियोमा फ्यानले थुप्रै प्रतिक्रिया दिएका छन् । उक्त भिडियो यो समचार तयार पार्दा सम्म ३।२ मिलियनले हेरेका छन् भने ७ हजार भन्दा बढीले केमन्ट गर्नुका साथै ८ लाख बढीले रुचाएका छन् ।

हेर्नुहोस् भिडियोः

https://www.instagram.com/p/BwyfQD_nOT6/

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।