प्यासिफिक हस्पिटालिटीले अर्गानिक उत्पादनको बिक्री वितरण गर्ने

बैशाख १० काठमाडौं ।

अष्ट्रेलियामा ब्यसाय गर्दै आएका गणेश केसीले संचालन गरेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमीले नेपाल अधिराज्य भरका उत्पादन भएका जैविक तथा विषादी रहित तरकारी र किसान द्वारा उत्पादित खाद्य वस्तु बिक्री बितरण गर्ने भएको छ ।मैतिदेवीमा स्थित प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनेरी एकेडेमी प्रंगाणमा बैशाख १४ गते शनिबार देखि हरेक शनिबार बिहान ८ बजे देखि २ बजे सम्म अर्गानिक उत्पादनको बिक्री वितरण सुरु गर्ने भएको छ।

स्टलमा बेकरीका परिकारहरू बिभिन्न तरकारी, हरियो सागपात, फलफूल जुस, डेरीका परिकार ,नेपाली कफि, हुम्लाको सिमीको दाल, मार्सी चामल, लोकल अन्डा ,बिभिन्न नेपाली अचारहरू,सिस्नो पाउडर, हिमाली जडिबुटिहरु, जिम्बु, जौको,टिमुर सातु,मह, कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, ग्रीन टी, हर्वल टी ,लगाएतका नेपाली भान्सामा प्रयोग हुने बस्तुहरूका साथै फूल सहितको गमला सुपथ मुल्यमा बिक्री गरिने बताईएको छ ।

किसानलाई प्रोत्साहित दिलाउने तथा होटल, रेस्टुरेन्ट ,रिसोर्ट र घरभान्सामा अर्गानिक परिकार प्रयोग गराउने उद्देश्यले स्टल राखिएको एकेडेमीले जनाएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।